Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

शीतलज्योति कप फुटबलको उपाधि एलजी एकतालाई


कास्की, २७ फागुन। पोखरामा सञ्चालन भएकोे तेस्रो संस्करणको ‘शीतलज्योति कप सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि एलजी एकताले जितेको छ ।

शीतलज्योति युवा क्लब पोखरा–१२ को आयोजनामा यहाँस्थित अमरसिंह चौरमा यही फागुन २० गतेदेखि सञ्चालन भएको प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा रत्न सेवा समाजलाई सडन डेथमा पराजित गरी एलजी च्याम्पियन बनेको हो ।

उपाधि विजेता एलजीले रु एक लाख ५५ हजार पाँच सय ५५ नगदसहित ट्रफी मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्दा उपविजेता रत्नले रु ८५ हजार पाँच सय ५५ नगदसहित ट्रफी मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ । खेलको निर्धारित र अतिरिक्त समयमा समेत दुवै टोलीबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको हो । पेनाल्टी सुटआउटमा समेत समान तीन–तीन गोल भएपछि टाइब्रेकरको सडेन डेथमा ७–६ मा एलजी च्याम्पियन बन्यो ।

सडेन डेथमा रत्न समाजका गोलरक्षक विश्वास पौडेलको प्रहार क्रसबारमा लागेर फर्कियो । एलजीका गोलरक्षक कृष्ण गुरुङले सडेन डेथमा गोल गरी टोलीलाई उपाधि दिलाउन सफल भए । प्रतियोगितामा इ–लाइट फुटबल क्लब अनुशासित टोली घोषित भएको छ भने उसले ट्रफीको साथमा नगद रु आठ हजार पुरस्कार पायो ।

प्रतियोगितामा रत्न सेवा समाजका राकेश राई उत्कृष्ट खेलाडी घोषित भए । उनले माउण्टेन वाइक पुरस्कार पाए । प्रतियोगिताको उत्कृष्ट गोलरक्षकमा रत्न समाजका विश्वास पौडेल, उत्कृष्ट डिफेण्डरमा एलजीका प्रिन्स तुलाचन, उत्कृष्ट मिडफिल्डरमा रत्नका नकुल तामाङ, उत्कृष्ट प्रशिक्षकमा समाजका खिम छन्त्याल घोषित भए ।

सर्वाधिक गोलकर्ताको उपाधि तारा एफसीका मनिस थापामगरले पाएका छन् । उनीहरु सबैले जनही रु पाँच हजारका साथमा ट्रफी पुरस्कार प्राप्त गरेका छन् । विजयी खेलाडीलाई नेपाल सेभेन ए साइड फुटबल महासङ्घका अध्यक्ष नवीन पुन, प्रतियोगिताका संयोजक सन्तोष गुरुङ, क्लबका अध्यक्ष नरप्रसाद गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए ।


प्रकाशित मिति: २७ फाल्गुन २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?