Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

शीतलज्योति कप फुटबलको उपाधि एलजी एकतालाई


कास्की, २७ फागुन। पोखरामा सञ्चालन भएकोे तेस्रो संस्करणको ‘शीतलज्योति कप सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि एलजी एकताले जितेको छ ।

शीतलज्योति युवा क्लब पोखरा–१२ को आयोजनामा यहाँस्थित अमरसिंह चौरमा यही फागुन २० गतेदेखि सञ्चालन भएको प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा रत्न सेवा समाजलाई सडन डेथमा पराजित गरी एलजी च्याम्पियन बनेको हो ।

उपाधि विजेता एलजीले रु एक लाख ५५ हजार पाँच सय ५५ नगदसहित ट्रफी मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्दा उपविजेता रत्नले रु ८५ हजार पाँच सय ५५ नगदसहित ट्रफी मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ । खेलको निर्धारित र अतिरिक्त समयमा समेत दुवै टोलीबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको हो । पेनाल्टी सुटआउटमा समेत समान तीन–तीन गोल भएपछि टाइब्रेकरको सडेन डेथमा ७–६ मा एलजी च्याम्पियन बन्यो ।

सडेन डेथमा रत्न समाजका गोलरक्षक विश्वास पौडेलको प्रहार क्रसबारमा लागेर फर्कियो । एलजीका गोलरक्षक कृष्ण गुरुङले सडेन डेथमा गोल गरी टोलीलाई उपाधि दिलाउन सफल भए । प्रतियोगितामा इ–लाइट फुटबल क्लब अनुशासित टोली घोषित भएको छ भने उसले ट्रफीको साथमा नगद रु आठ हजार पुरस्कार पायो ।

प्रतियोगितामा रत्न सेवा समाजका राकेश राई उत्कृष्ट खेलाडी घोषित भए । उनले माउण्टेन वाइक पुरस्कार पाए । प्रतियोगिताको उत्कृष्ट गोलरक्षकमा रत्न समाजका विश्वास पौडेल, उत्कृष्ट डिफेण्डरमा एलजीका प्रिन्स तुलाचन, उत्कृष्ट मिडफिल्डरमा रत्नका नकुल तामाङ, उत्कृष्ट प्रशिक्षकमा समाजका खिम छन्त्याल घोषित भए ।

सर्वाधिक गोलकर्ताको उपाधि तारा एफसीका मनिस थापामगरले पाएका छन् । उनीहरु सबैले जनही रु पाँच हजारका साथमा ट्रफी पुरस्कार प्राप्त गरेका छन् । विजयी खेलाडीलाई नेपाल सेभेन ए साइड फुटबल महासङ्घका अध्यक्ष नवीन पुन, प्रतियोगिताका संयोजक सन्तोष गुरुङ, क्लबका अध्यक्ष नरप्रसाद गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए ।


प्रकाशित मिति: २७ फाल्गुन २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?