पोखरा। गण्डकी प्रदेश सभामा दुई सिटमात्र जितेको राप्रपाले पनि राष्ट्रिय सभाका २ सिटमा उम्मेदवारी दर्ता गराएको छ ।
त्यस्तै, अन्यबाट कास्कीका रोमबहादुर भण्डारी र महिलाबाट तनहुँकी गौमाया श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । गण्डकीका ८५ स्थानीय तहमध्ये कुनैमा पनि राप्रपाले जितेको छैन ।
प्रकाशित मिति: २३ पुष २०८०, सोमबार