Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

प्रतिकूल मौसमका कारण आन्तरिक उडान प्रभावित


काठमाडौं। प्रतिकूल मौसमका कारण विराटनगर विमानस्थल खुल्न सकेको छैन। विराटनगर विमानस्थलकाले सोमबार बिहानबाट मौसम अनुकूल नहुँदा विमानस्थल खुल्न नसकेको जानकारी दिएको छ ।

आज बिहानैबाट हुस्सु लाग्दा हवाई यातायात सञ्चालनमा आउन नसकेको बताइएको छ । प्रवक्ता भण्डारीका अनुसार हाल करिब ८ सय मिटर भिजिविलिटी रहेको र केही समयमा विमानस्थल खुल्ने सम्भावना रहेको छ।

उक्त विमानस्थलमा सेवा सुचारु गर्नका लागि कम्तीमा १ हजार मिटर भिजिविलिटी हुनुपर्छ। यससँगै एटिआर विमानका लागि भिजिविलिटी १ हजार ६ सय र जेटल विमानका लागि कम्तीमा २ हजार मिटर भिजिविलिटी हुनुपर्ने विमानस्थलले जनाएको छ ।

त्यस्तै, मौसम अनुकूल हुनसक्ने सम्भावना कम देखिएसँगै श्री एयरले सोमबार बिहानको पहिलो उडान तालिकामा राखेको छैन। आज बिहानको पहिलो उडान तालिकामा नसमेटिए पनि बाँकी उडान यथावत् रहेको श्री एयरका विराटनगरले जनाएको छ ।


प्रकाशित मिति: २३ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?