Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

प्रतिकूल मौसमका कारण आन्तरिक उडान प्रभावित


काठमाडौं। प्रतिकूल मौसमका कारण विराटनगर विमानस्थल खुल्न सकेको छैन। विराटनगर विमानस्थलकाले सोमबार बिहानबाट मौसम अनुकूल नहुँदा विमानस्थल खुल्न नसकेको जानकारी दिएको छ ।

आज बिहानैबाट हुस्सु लाग्दा हवाई यातायात सञ्चालनमा आउन नसकेको बताइएको छ । प्रवक्ता भण्डारीका अनुसार हाल करिब ८ सय मिटर भिजिविलिटी रहेको र केही समयमा विमानस्थल खुल्ने सम्भावना रहेको छ।

उक्त विमानस्थलमा सेवा सुचारु गर्नका लागि कम्तीमा १ हजार मिटर भिजिविलिटी हुनुपर्छ। यससँगै एटिआर विमानका लागि भिजिविलिटी १ हजार ६ सय र जेटल विमानका लागि कम्तीमा २ हजार मिटर भिजिविलिटी हुनुपर्ने विमानस्थलले जनाएको छ ।

त्यस्तै, मौसम अनुकूल हुनसक्ने सम्भावना कम देखिएसँगै श्री एयरले सोमबार बिहानको पहिलो उडान तालिकामा राखेको छैन। आज बिहानको पहिलो उडान तालिकामा नसमेटिए पनि बाँकी उडान यथावत् रहेको श्री एयरका विराटनगरले जनाएको छ ।


प्रकाशित मिति: २३ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?