Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

तीन क्विन्टल गाँजासहित दुई जना पक्राउ


काठमाडौं। भारत तस्करी हुन लागेको ठूलो परिमाणको गाँजासहित सुनसरी प्रहरीले दुई जना पक्राउ गरेको छ ।

सुनसरीको कोशी गाउँपालिका-छ कोशी कटानबाट झण्डै तीन क्विन्टल गाँजासहित आइतबार राती दुई जना पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतीय नागरिक अरवीन्द कुमार र कोशी गाउँ पालिका ५ का महोमद सागर मियाँ रहेका छन् ।

त्यस्तै, भोजपुरबाट सप्तकोशी हुँदै ल्याएको गाँजा प्रहरीले विशेष सूचनाको आधारमा बरामद गरेको हो । कोशी काटनमा ल्याएपछि ट्याक्टरमा मुनी गाँजा र माथिबाट बालुवा भोरेर भारत तस्करी गर्न लागेको अवस्थामा उक्त गाँजा प्रहरीले बरामद गरेको हो ।

उनीहरुले को २ त ६८९० नम्बरको ट्याक्टरमा लोड गरेर भारत लैजाने क्रममा पक्राउ गरिएको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिएका छ न्। ‘ठूलो परिमाणमा भारत तस्करी हुन लागेको गाँजा बरामद भएको छ,’ एसपी रेग्मीले भने, ‘अहिले तौलिने काम भइरहेको छ ।’

८ वटा बोरामा गाँजा र साना पोकाहरुमा समेत बरामद भएको छ भने गाजाको एउटा बोरा करिब २८ केजी तौल रहेको प्रहरीले जनाएको छ ।

 


प्रकाशित मिति: २३ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?