Trending
>>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य >>   एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो >>   एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली >>   १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा >>   राज्यले निर्माण व्यवसायीमाथि आतंक बढायोः मुख्यमन्त्री बानियाँ >>   कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे : अध्यक्ष सिंह >>   जेन–जी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने >>   पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
Logo
५ पुष २०८२, शनिबार
५ पुष २०८२, शनिबार

तीन क्विन्टल गाँजासहित दुई जना पक्राउ


काठमाडौं। भारत तस्करी हुन लागेको ठूलो परिमाणको गाँजासहित सुनसरी प्रहरीले दुई जना पक्राउ गरेको छ ।

सुनसरीको कोशी गाउँपालिका-छ कोशी कटानबाट झण्डै तीन क्विन्टल गाँजासहित आइतबार राती दुई जना पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतीय नागरिक अरवीन्द कुमार र कोशी गाउँ पालिका ५ का महोमद सागर मियाँ रहेका छन् ।

त्यस्तै, भोजपुरबाट सप्तकोशी हुँदै ल्याएको गाँजा प्रहरीले विशेष सूचनाको आधारमा बरामद गरेको हो । कोशी काटनमा ल्याएपछि ट्याक्टरमा मुनी गाँजा र माथिबाट बालुवा भोरेर भारत तस्करी गर्न लागेको अवस्थामा उक्त गाँजा प्रहरीले बरामद गरेको हो ।

उनीहरुले को २ त ६८९० नम्बरको ट्याक्टरमा लोड गरेर भारत लैजाने क्रममा पक्राउ गरिएको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिएका छ न्। ‘ठूलो परिमाणमा भारत तस्करी हुन लागेको गाँजा बरामद भएको छ,’ एसपी रेग्मीले भने, ‘अहिले तौलिने काम भइरहेको छ ।’

८ वटा बोरामा गाँजा र साना पोकाहरुमा समेत बरामद भएको छ भने गाजाको एउटा बोरा करिब २८ केजी तौल रहेको प्रहरीले जनाएको छ ।

 


प्रकाशित मिति: २३ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?