Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

माओवादी उम्मेदवारको नालिवेली


चम्पादेवी कार्की– कोशी, महिला क्लस्टर
ओखलढुंगा निवासी चम्पादेवी कार्की २०५४ मा जनयुद्धमा होमिएकी हुन् । लडाइँमा उनी घाइते भएकी थिइन् ।
२०५४ सालमा भएको स्थानीय चुनावमा एमालेबाट निर्वाचित भएकी उनी विद्रोह गरेर माओवादी युद्धमा होमिएकी थिइन् ।
अहिले ओखलढुंगा जिल्ला इन्चार्ज रहेकी उनी अखिल नेपाल महिला संघको केन्द्रीय सचिव समेत छिन् । सबैभन्दा तल्लो तहदेखि केन्द्रीय तहसम्म पुगेर काम गरेकी कार्की तीनपटक समानुपातिक सूचीमा (२०६४, २०७० र २०७९ मा) परे पनि सांसद बन्न पाएकी थिइनन्
२०७४ को स्थानीय तहको चुनावमा उनी ओखलढुंगाको सुनकोशी गाउँपालिका अध्यक्षमा उम्मेदवार बने पनि पराजित भएकी थिइन । उनी माओवादी केन्द्रबाट कुनै लाभको पद नपाउने नेतामध्येमा पर्छिन् ।

श्रीकृष्ण अधिकारी– बागमती
जनयुद्धको सुरुवातदेखि भूमिगत भएका श्रीकृष्ण अधिकारी पार्टीमा कम अवसर पाउने पर्छन ।
युद्धकै क्रममा उनी रामेछापको बेथानमा भएको लडाइँमा घाइते भएका थिए । पञ्चायती कालमा पनि भूमिगत राजनीति गरेका उनी अहिले माओवादी केन्द्रको प्रदेश सम्पर्क विशेष कमिटीका अध्यक्ष छन् ।

मनरुपा शर्मा सुवेदी– गण्डकी
पर्वतकी मनरुपमा शर्मा द्वन्द्वपीडित एकल महिला हुन् । २०६१ मंसिर १७ गते उनका श्रीमान विजय सुवेदी सेनाबाट मारिएका थिए ।
उनी २०६४ को संविधानसभा चुनावमा पर्वत क्षेत्र नम्बर १ बाट उम्मेदवार बने पनि नेपाली कांग्रेसका अर्जुनप्रसाद जोशीसँग उनी पराजित भएकी थिइन् । उनी २०७९ को मंसिरमा सम्पन्न चुनावको समानुपातिक सूचीमा परे पनि सांसद बन्न सकेकी थिइनन् ।

झक्कु सुवेदी– लुम्बिनी
२०४९ सालतिर तत्कालीन जिल्ला विकास समिति रोल्पाका सभापति पद छोडेर युद्धमा होमिएका नेता हुन झक्कु सुवेदी । उनले २०६४ मा भएको पहिलो संविधान सभा चुनावमा काठमाडौँ क्षेत्र नम्बर २ बाट तत्कालीन एमालेका महासचिव माधवकुमार नेपाललाई पराजित गरेका थिए । तर, उनी २०७० को चुनावमा भने पराजित भए । त्यसपछि राष्ट्रिय चर्चाबाट हराएका उनी अहिले माओवादी केन्द्रका केन्द्रीय सदस्य छन् ।

विष्णु विक– कर्णाली
कर्णालीबाट उम्मेदवार बनाइएका विष्णु विक युद्धकालीन पृष्ठभूमिकै माओवादी हुन् । कालीकोट निवासी उनी माओवादी जनयुद्धमा सुरुवातदेखि नै लागेकी थिइन् ।
मोहन वैद्यले पार्टी विभाजन गर्दा विष्णु उनीतिर लागेका थिए । तर, दुई वर्ष पनि नबसी फेरि प्रचण्डले नेतृत्व गरेको पार्टीमै फर्किए । कालीकोट जिल्ला इन्चार्ज रहेका उनी दलित मुक्ति मोर्चाको कर्णाली प्रदेश इन्चार्ज पनि छन् ।

रेणु चन्द– सुदूरपश्चिम
बैतडी घर भएकी रेणु चन्द २०६४ सालमा बैतडी क्षेत्र नं २ बाट संविधान सभा सदस्य निर्वाचित भएकी थिइन् । हाल उनी अखिल नेपाल महिला संघ क्रान्तिकारीको सुदूरपश्चिम इञ्चार्ज छिन ।


प्रकाशित मिति: २२ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?