Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

गोदाममै थन्कियो ७१ मेट्रिक टन मल


नवलपरासी। हिउँदेबाली लगाउनका लागि ल्याइएको मललाई बिक्रेताले नलगेपछि गोदाममै थन्किएको छ । पश्चिम नवलपरासीको कृषि सामग्री कम्पनी लिमिटेड, नवलपरासीले हिउँदे बालीका लागि ल्याएको मल जिल्लास्थित बिक्रेता संस्था ९सहकारी० ले नलगेपछि गोदाममा थन्किएको जनाएको छ ।

जिल्लाका नौ बिक्रेता संस्थाले युरिया र डिएपी मल नलगेकाले गोदाममा ७१ मेट्रिक टनभन्दा बढी थन्किएको लिमिटेडका प्रमुख नरहरि पोख्रेलले जानकारी दिए । उनका अनुसार हिउँदे बाली गँहु, तोरी, मसुरो तथा उखुका लागि ल्याइएको मल थन्किएको हो ।

“धेरैपटक पत्राचार गर्दा पनि सहकारी संस्थाले मल लिन नमानेपछि उनीहरुको भागमा परेको मल गोदाममै राख्नुपरेको छ”, पोख्रेलले भने, “जिल्लामा रहेका साबै पालिकाले आ–आफ्नो पालिकाभित्र रहेका बिक्रेता संस्थाको नामसहित निश्चित परिमाणमा मल दिने भनेर कृषि सामग्री कम्पनीलाई पत्र पठाएको थियो ।”

उक्त पत्र अनुसार लिमिटेडले बिक्रेता संस्थालाई मल वितरण सुरु गरेको थियो भने नौ बिक्रेताका नाममा रहेको मल उनीहरुले नलगेपछि करिब ७१.३ मेट्रिक टन गोदाममा थन्किएको छ । प्रमुख पोख्रेलका अनुसार रामग्राम नगरपालिकाभित्र रहेका परासी आदर्श बहुद्देश्यी, त्रिदेव बचत तथा ऋण, पाल्हीनन्दन बचत तथा ऋण, र साना किसान कृषि सहकारी संस्थाले मल उठाएको छैनन् ।

त्यस्तै, सुनवल नगरपालिकाका स्वाठी र प्रतापपुरको रामजानकी कृषि सहकारी संस्थाले मल उठाएका छैनन् भने पाल्हीनन्दन गाउँपालिकाको कुश्मा बचत, परासिया कृषि बचत तथा ऋण र सनही कृषि सहकारी संस्था गरी नौ संस्थाले मल उठाउन बाँकी रहेको जनाइएको छ ।

उक्त कम्पनीले अहिलेसम्म चार पटक गरी मल वितरण गरेको छ । प्रतापपुरको रामजानकी संस्थाले हालसम्म एक पटक पनि मल नलगेको प्रमुख पोख्रेलले बताए । “रामजानकी संस्थाका सागर यादवले आन्तरिक तनावले मल उठाउन ढिलो भएको बताउनु भएको छ”, उनले भने, “यादवले पुस मसान्तभित्र मल लगेर किसानलाई वितरण गर्ने ।”

त्यस्तै, कृषि सामग्री लिमिटेडले साउनदेखि अहिलेसम्म एक हजार छ सय ३९ दशमलव चार मेट्रिक टन मल वितरण गरिसकेको जनाएको छ । जिल्लामा हिउँदेखेती करिब १९ हजार हेक्टर क्षेत्रफल हुने गरेको कृषि ज्ञान केन्द्र नवलपरासीले जनाएको छ । त्यस्तै, हिउँदेबाली लगाइसकेका किसानले अहिले युरिया छर्ने समय हो ।


प्रकाशित मिति: २२ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?