Trending
>>   कतारले सन् २०२६ मा इजिप्टलाई २४ वटासम्म एलएनजीका खेप आपूर्ति गर्ने >>   भेनेजुएला विरुद्धको अमेरिकी आक्रामणको चौतर्फी निन्दा र विरोध >>   धनराज गुरुङको प्रश्नः सबै आ–आफ्नो बाटो हिँड्दा पार्टी कहाँ पुग्छ ? >>   गगन–विश्वप्रकाशलाई सहमहामन्त्री परियारको जवाफः ‘पार्टी व्यक्तिगत कम्पनी होइन, बहुमतको निर्णय मान्नैपर्छ’ >>   शेखर कोईरालाले विशेष महाविधेशन पक्षधरहरुसँग छलफल गर्ने >>   मामदानी न्युयोर्क शहरको पहिलो मुस्लिम मेयरको रूपमा शपथवद्ध >>   स्विट्जरल्याण्डको बारमा भीषण आगलागीः ४० जनाको मृत्यु, ११९ घाइते >>   डा. सुनिल शर्माले रतुवामाईको सामुदायिक विद्यालयमा ४ करोडको भवन निर्माण गरिदिने >>   काठमाडौं–२ बाट प्रतिनिधि सभा चुनाव लड्ने राप्रपा नेतृ कुन्ती पोखरेलको घोषणा >>   दक्षिण कोरियामा सवारी दुर्घटनाः १ जनालाई हृदयघात, ६ घाइते
Logo
२१ पुष २०८२, सोमबार
२१ पुष २०८२, सोमबार

व्यवस्थित भएन सहिद स्मारक पार्क


 

ललितपुर। ललितपुर महानगरपालिका–२ सानेपास्थित बागमती करिडोरमा शहीद स्मारक पार्क निर्माण सुरु भएको करिब १५ वर्ष बितेपनि पार्कले अझै पूर्णता पाएको छैन ।

विसं २०६६ मा शहीदको सम्झनामा शहीद स्मारक पार्क निर्माण समितिद्वारा निर्माण सुरु भए पनि हालसम्म पार्क व्यवस्थित बन्न सकेको छैन । बागमती करिडोरमा स्मारक पार्कसँगै निर्माण सुरु गरेका बिपी र मनमोहन पार्क हाल हराभरा छन् ।

त्यस्तै, अधिकार सम्पन्न बागमती एकीकृत विकास समितिले बागमती करिडोरलाई व्यवस्थित गर्ने जिम्मा लिएपछि तत्कालिन शहीद स्मारक पार्क निर्माण समिति अहिले छैन भने पार्क हेरचाहका निम्ति कर्मचारी पनि छैनन् भने उक्त पार्क अस्तव्यस्त अवस्थामा रहेको छ ।

विकास समितले करिडोरका पार्कलाई थप व्यवस्थित गर्न महानगरलाई हस्तान्तरण गर्ने पक्रियामा रहेकाले हस्तान्तरणपछि सबै पार्कलाई थप व्यवस्थित गरिने ललितपुर–२ का वडाध्यक्ष राजेशकुमार महर्जनले जानकारी दिए । त्यस्तै, हेरचाहका लागि कर्मचारी नरहेकाले हाल पशुचौपाय पार्कमा प्रवेश गरेका हुन्छन् । सधैँ खुल्ला रहने गेटमा ठूलो अक्षरमा ‘शहीद स्मारक पार्क’ लेखिएकाले मात्र पार्क हो भन्ने थाहा हुने स्थानीय बताउँछन् ।

विकास समितिले महानगरलाई पार्क हस्तारण नगरेपनि वडाले शहीद स्मारक पार्कको संरक्षण गरिरहेको वडाध्यक्ष महर्जनले जनाए । उनले भने, “विकास समतिले महानगरलाई अधिकार हस्तान्तरण गरेपछि पार्कलाई थप व्यवस्थित गर्ने तयारीमा छौँ ।”


प्रकाशित मिति: २२ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?