Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

व्यवस्थित भएन सहिद स्मारक पार्क


 

ललितपुर। ललितपुर महानगरपालिका–२ सानेपास्थित बागमती करिडोरमा शहीद स्मारक पार्क निर्माण सुरु भएको करिब १५ वर्ष बितेपनि पार्कले अझै पूर्णता पाएको छैन ।

विसं २०६६ मा शहीदको सम्झनामा शहीद स्मारक पार्क निर्माण समितिद्वारा निर्माण सुरु भए पनि हालसम्म पार्क व्यवस्थित बन्न सकेको छैन । बागमती करिडोरमा स्मारक पार्कसँगै निर्माण सुरु गरेका बिपी र मनमोहन पार्क हाल हराभरा छन् ।

त्यस्तै, अधिकार सम्पन्न बागमती एकीकृत विकास समितिले बागमती करिडोरलाई व्यवस्थित गर्ने जिम्मा लिएपछि तत्कालिन शहीद स्मारक पार्क निर्माण समिति अहिले छैन भने पार्क हेरचाहका निम्ति कर्मचारी पनि छैनन् भने उक्त पार्क अस्तव्यस्त अवस्थामा रहेको छ ।

विकास समितले करिडोरका पार्कलाई थप व्यवस्थित गर्न महानगरलाई हस्तान्तरण गर्ने पक्रियामा रहेकाले हस्तान्तरणपछि सबै पार्कलाई थप व्यवस्थित गरिने ललितपुर–२ का वडाध्यक्ष राजेशकुमार महर्जनले जानकारी दिए । त्यस्तै, हेरचाहका लागि कर्मचारी नरहेकाले हाल पशुचौपाय पार्कमा प्रवेश गरेका हुन्छन् । सधैँ खुल्ला रहने गेटमा ठूलो अक्षरमा ‘शहीद स्मारक पार्क’ लेखिएकाले मात्र पार्क हो भन्ने थाहा हुने स्थानीय बताउँछन् ।

विकास समितिले महानगरलाई पार्क हस्तारण नगरेपनि वडाले शहीद स्मारक पार्कको संरक्षण गरिरहेको वडाध्यक्ष महर्जनले जनाए । उनले भने, “विकास समतिले महानगरलाई अधिकार हस्तान्तरण गरेपछि पार्कलाई थप व्यवस्थित गर्ने तयारीमा छौँ ।”


प्रकाशित मिति: २२ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?