Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

विवादित भएपछि त्रिविको उपकुलपति नियुक्ति प्रक्रिया रद्द, अर्को सूचना निकालिने


काठमाडौं। त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया रद्द भएको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले सूचना जारी गर्दै दरखास्त आह्वान रद्द भएको जनाएको छ ।

उक्त समितिले यही पुस २० गते शुक्रबार सूचना जारी गर्दै उपकुलपतिका लागि दरखास्त आह्वान गरेको थियो भने सो सूचनामा उल्लेख गरिएको प्रावधानबारे विवाद भएपछि रद्द गरिएको हो ।

त्यस्तै, शुक्रबार प्रकाशित सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको (वर्ष, महिना र दिन समेत) व्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि) पेश गर्न सूचना निकालेपछि त्यसको विरोध भएको थियो ।

उक्त विवाद सिर्जना भएपछि कुलपति एवम् प्रधानमन्त्री प्रचण्डले नै सच्याएर अर्को सूचना निकाल्न निर्देशन दिएका थिए । सोहीअनुसार पुरानो प्रक्रिया रद्द भएको हो ।

अब अर्को सूचना जारी भएपछि मात्रै त्रिविमा उपकुलपति नियुक्तिको प्रक्रिया सुरु हुनेछ ।


प्रकाशित मिति: २२ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?