Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

संवैधानिक परिषदबाट प्रधान न्यायाधीश र उपसभामुखलाई बिदा गर्नुपर्छः सांसद पन्त


काठमाडौं। नेकपा एमालेका सांसद रघुजी पन्तले संवैधानिक परिषदबाट प्रधान न्यायाधीश र उपसभामुखलाई बिदा गर्नुपर्ने बताएका छन् ।

आइतबार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा संवैधानिक परिषद् काम कर्तव्य र अधिकार सम्बन्धी विधेयकमाथिको दफावार छलफलमा उनले प्रधान न्यायाधीश र उपसभामुखलाई बिदा गर्नुपर्ने प्रस्ताव गरेका हुन ।

‘जसले नियुक्ति सिफारिस गर्‍यो उसका सम्बन्धमा मुद्दा पर्दा उसैले ९संवैधानिक इजलासमा० मुद्दा हेर्ने र ठिक र बेठीक भनी फैसला गर्नुपर्ने भयो । यसकारण समस्या भएको अभ्यासमा देखियो । यसकारण संविधान संशोधन गरौँ र संवैधानिक परिषद्को सदस्यबाट प्रधान न्यायाधीशलाई बिदा गरौँ’, समिति बैठकमा एमाले सांसद पन्तले भने ।

त्यस्तै, तत्कालीन अवस्थामा दलीय उपस्थितिलाई हेरेर परिषद् सदस्यमा उपसभामुखलाई पनि राखिएको उल्लेख गर्दै उनले भने, ‘अहिले महिला हुनुहुन्छ त्यसकारण मैले भनेको होइन, तर यो पदको व्यक्ति संवैधानिक परिषदमा अहिले आवश्यक छैन, यो पनि हटाऔँ ।’

विधेयकमाथि पनि सांसद पन्तको संशोधन प्रस्ताव छ । उक्त बैठक बस्नका लागि अध्यक्ष र तत्काल बहाल रहेका सदस्यको बहुमत सदस्यलाई गणपूरक सङ्ख्या मान्नु पर्ने उनको प्रस्ताव रहेको छ ।

अध्यक्ष असहमत हुँदा समेत बहुमत सदस्य तयार भए बैठक बस्न र निर्णय गर्न सक्ने अवस्थालाई समेत कानुनमा व्यवस्थित गर्नुपर्ने उनको राय रहेको छ ।


प्रकाशित मिति: २२ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?