Trending
>>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा >>   आइजीपी कार्कीलाई खगेन्द्र सुनारको चुनौति–‘भाई दम छ भने पक्राउ गरेर देखाउ’ >>   बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो >>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

संवैधानिक परिषदबाट प्रधान न्यायाधीश र उपसभामुखलाई बिदा गर्नुपर्छः सांसद पन्त


काठमाडौं। नेकपा एमालेका सांसद रघुजी पन्तले संवैधानिक परिषदबाट प्रधान न्यायाधीश र उपसभामुखलाई बिदा गर्नुपर्ने बताएका छन् ।

आइतबार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा संवैधानिक परिषद् काम कर्तव्य र अधिकार सम्बन्धी विधेयकमाथिको दफावार छलफलमा उनले प्रधान न्यायाधीश र उपसभामुखलाई बिदा गर्नुपर्ने प्रस्ताव गरेका हुन ।

‘जसले नियुक्ति सिफारिस गर्‍यो उसका सम्बन्धमा मुद्दा पर्दा उसैले ९संवैधानिक इजलासमा० मुद्दा हेर्ने र ठिक र बेठीक भनी फैसला गर्नुपर्ने भयो । यसकारण समस्या भएको अभ्यासमा देखियो । यसकारण संविधान संशोधन गरौँ र संवैधानिक परिषद्को सदस्यबाट प्रधान न्यायाधीशलाई बिदा गरौँ’, समिति बैठकमा एमाले सांसद पन्तले भने ।

त्यस्तै, तत्कालीन अवस्थामा दलीय उपस्थितिलाई हेरेर परिषद् सदस्यमा उपसभामुखलाई पनि राखिएको उल्लेख गर्दै उनले भने, ‘अहिले महिला हुनुहुन्छ त्यसकारण मैले भनेको होइन, तर यो पदको व्यक्ति संवैधानिक परिषदमा अहिले आवश्यक छैन, यो पनि हटाऔँ ।’

विधेयकमाथि पनि सांसद पन्तको संशोधन प्रस्ताव छ । उक्त बैठक बस्नका लागि अध्यक्ष र तत्काल बहाल रहेका सदस्यको बहुमत सदस्यलाई गणपूरक सङ्ख्या मान्नु पर्ने उनको प्रस्ताव रहेको छ ।

अध्यक्ष असहमत हुँदा समेत बहुमत सदस्य तयार भए बैठक बस्न र निर्णय गर्न सक्ने अवस्थालाई समेत कानुनमा व्यवस्थित गर्नुपर्ने उनको राय रहेको छ ।


प्रकाशित मिति: २२ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?