Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

दुई स्थानीय तहले प्राधिकरणलाई बुझाए कृषि विद्युत् मिटरको महसुल


गोलबजार। सिरहाका गोलबजार नगरपालिका र औरही गाउँपालिकाले अनुदान कार्यक्रमअन्तर्गत आफ्ना किसानले प्रयोग गरेको कृषि विद्युत् मिटरको महसुल नेपाल विद्युत् प्राधिकरणलाई बुझाएका छन् ।

गोलबजार नगरपालिकाका प्रमुख श्यामकुमार श्रेष्ठले नेपाल विद्युत् प्राधिकरण मिर्चैयाका वितरण केन्द्रका प्रमुख मनोजकुमार शर्मालाई रु सात लाख ९७ हजार छ सय ४५ को चेक हस्तान्तान्तरण गरे । भुक्तानी भएको रकम गत साउनदेखि अहिलेसम्मको भएको उल्लेख गर्दै नगरपालिकाका कृषि शाखाका प्रमुख वीरेन्द्र यादवले आगामी दिनमा नियमित आउने निवेदनमा समेत आवश्यक छानबिन गरी थप्दै जाने जानकारी दिए ।

ृउक्त नगरपालिकामा परेका एक हजार दुई सय ३५ निवेदनमध्ये १७ वटा अन्य मिटर र १२ वटाको आवश्यक कागजात नपुगेकाले भुक्तानी दिन बाँकी भएको उनको भनाइ रहेको थियो । वितरण केन्द्र प्रमुख शर्माले नगरक्षेत्रमा तीन हजारको हाराहारीमा कृषि मिटर रहेको र सानै परिमाणमा भए पनि किसानले प्रत्याक्ष लाभ पाएको उल्लेख गरे ।

त्यसैगरी, सिरहाको औरही गाउँपालिकाले किसानलाई सहुलियतका लागि पालिका क्षेत्रमा चलाइएका कृषि मिटरको महसुल उपलब्ध गराएको छ । गाउँपालिका अध्यक्ष शिवजी यादवले रु १० लाखको चेक प्राधिकरण सिरहा वितरण केन्द्र प्रमुख बासुकीनाथ झालाई हस्तान्तरण गरे ।

उक्त गाउँपालिका क्षेत्रभित्र रहेका पाँच सय नौ किसानले खेतीपातीका लागि कृषिका लागि मिटर जडान गरेका थिए । वडा नं १ र २ को महसुल चाँडै लहान प्राधिकरणलाई बुझाइने गाउँपालिकाले जनाएको छ ।


प्रकाशित मिति: २० पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?