Trending
>>   आज मिति २०८२ साल मंसिर २७ गते शनिवार, हेर्नुहोस् आजको राशिफल >>   एमालेले विधान संशोधन नगर्ने, १५ पदाधिकारी र २५१ जनाको केन्द्रिय कमिटी रहने >>   ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ >>   आम नागरिकलाई सुशासनको अनुभुति हुनेगरी काम गर्नेछुः नवनियुक्त श्रममन्त्री भण्डारी >>   एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए >>   राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा >>   लैङ्गिक हिंसा न्युनिकरणको लागि एकीकृत कानून निर्माणको तयारीमा सरकार >>   निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति >>   साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्दछः ओली >>   सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

दुई स्थानीय तहले प्राधिकरणलाई बुझाए कृषि विद्युत् मिटरको महसुल


गोलबजार। सिरहाका गोलबजार नगरपालिका र औरही गाउँपालिकाले अनुदान कार्यक्रमअन्तर्गत आफ्ना किसानले प्रयोग गरेको कृषि विद्युत् मिटरको महसुल नेपाल विद्युत् प्राधिकरणलाई बुझाएका छन् ।

गोलबजार नगरपालिकाका प्रमुख श्यामकुमार श्रेष्ठले नेपाल विद्युत् प्राधिकरण मिर्चैयाका वितरण केन्द्रका प्रमुख मनोजकुमार शर्मालाई रु सात लाख ९७ हजार छ सय ४५ को चेक हस्तान्तान्तरण गरे । भुक्तानी भएको रकम गत साउनदेखि अहिलेसम्मको भएको उल्लेख गर्दै नगरपालिकाका कृषि शाखाका प्रमुख वीरेन्द्र यादवले आगामी दिनमा नियमित आउने निवेदनमा समेत आवश्यक छानबिन गरी थप्दै जाने जानकारी दिए ।

ृउक्त नगरपालिकामा परेका एक हजार दुई सय ३५ निवेदनमध्ये १७ वटा अन्य मिटर र १२ वटाको आवश्यक कागजात नपुगेकाले भुक्तानी दिन बाँकी भएको उनको भनाइ रहेको थियो । वितरण केन्द्र प्रमुख शर्माले नगरक्षेत्रमा तीन हजारको हाराहारीमा कृषि मिटर रहेको र सानै परिमाणमा भए पनि किसानले प्रत्याक्ष लाभ पाएको उल्लेख गरे ।

त्यसैगरी, सिरहाको औरही गाउँपालिकाले किसानलाई सहुलियतका लागि पालिका क्षेत्रमा चलाइएका कृषि मिटरको महसुल उपलब्ध गराएको छ । गाउँपालिका अध्यक्ष शिवजी यादवले रु १० लाखको चेक प्राधिकरण सिरहा वितरण केन्द्र प्रमुख बासुकीनाथ झालाई हस्तान्तरण गरे ।

उक्त गाउँपालिका क्षेत्रभित्र रहेका पाँच सय नौ किसानले खेतीपातीका लागि कृषिका लागि मिटर जडान गरेका थिए । वडा नं १ र २ को महसुल चाँडै लहान प्राधिकरणलाई बुझाइने गाउँपालिकाले जनाएको छ ।


प्रकाशित मिति: २० पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?