Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

‘जनकपुरधाम-अयोध्या भार यात्रा’ वीरगञ्जबाट अयोध्या प्रस्थान


काठमाडौं। नवनिर्मित राममन्दिरको प्राण प्रतिष्ठाका लागि वीरगञ्जबाट ‘जनकपुरधाम-अयोध्या भार यात्रा’ भारतको अयोध्या प्रस्थान गरेको छ। जानकी मन्दिरका महन्त रामरोशन दासको नेतृत्वमा एक टोली राममन्दिरको प्राण प्रतिष्ठाका लागि भारसहित अयोध्या प्रस्थान गरेको हो ।

त्यस्तै, जनकपुरधामस्थित जानकी मन्दिरबाट बिहीवार सुरु गरिएको यात्रा राति अबेर वीरगञ्ज पुगेको थियो । आज बिहान उक्त टोली वीरगञ्जबाट अयोध्याका लागि प्रस्थान गरेको हो। रक्सौलको बाटो भएर गोरखपुर हुँदै आज रातिसम्म अयोध्या पुग्ने लक्ष्य राखिएको छ । राम जन्मभूमि अयोध्यामा ५ सय वर्षको सङ्घर्षपछि राममन्दिर निर्माण भएको छ।

पाहुरमा विभिन्न प्रकारका कपडा, आभूषण, भाँडावर्तनका साथै विभिन्न मिठाई तथा पकवान रहेका छन्। यसका साथै भगवान् रामका लागि चाँदीको धनुष वाण, माता सीताको चरण पादुका लगायतका गरगहना समेत पाहुरमा राखिएको छ । भार यात्रा भारतको बेतिया, कुशीनगर, सिद्धार्थनगर, गोरखपुर हुँदै अयोध्या पुग्नेछ।

जनवरी २२ तारिखमा भारतको अयोध्यामा निर्माण गरिएको नयाँ मन्दिरमा भगवान् रामको प्रतिमाको प्राण प्रतिष्ठा हुने कार्यक्रम रहेको छ।


प्रकाशित मिति: २० पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?