Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

अमेरिकामा गोली चल्दा एक बालकको मृत्यु, ५ जना घाइते


काठमाडौं। अमेरिकाको आयोवाको एक विद्यालयमा १७ वर्षीय बालकले गोली चलाउँदा एक बालकको मृत्यु भएको छ ।

उक्त घटनामा अन्य पाँच जना घाइते भएका छन् । प्रहरीका अनुसार, आक्रमणका अभियुक्त पनि मृत फेला परेका छन् । उनले आफैँलाई गोली हानेर आत्महत्या गरेको हुन सक्ने अधिकारीहरूले आशङ्का गरेका छन् ।

अमेरिका नागरिकहरूको हतियार राख्ने सन्दर्भमा विश्वको अग्रणी स्थानमा रहेको देश हो । स्विट्जरल्याण्डको स्मॉल आर्म्स सर्भे वा एसएएसको प्रतिवेदन अनुसार विश्वमा रहेको कुल ८५ करोड ७० लाख नागरिकसँग बन्दुक रहेकोमा अमेरिकाका ३९ करोड ३० लाख नागरिकसँग बन्दुक छ ।

अमेरिकाले विश्वको जनसङ्ख्याको ५ प्रतिशत ओगटेको छ, तर अमेरिकामा मात्रै विश्वको कुल नागरिक बन्दुकको ४६ प्रतिशत छ । त्यस्तै, अक्टोबर २०२० ग्यालप सर्वेक्षण अनुसार, ४४ प्रतिशत अमेरिकी वयस्कहरू बन्दुक भएको घरमा बस्छन् ।

त्यस्तै, पब्लिक सेफ्टी डिभिजन अफिसर मिच मोर्टवेटले बिहीबार भएको गोलीकाण्डमा पेरी स्कूलका प्रिन्सिपललाई पनि गोली लागेको बताएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ भने अन्य चार जनाको अवस्था स्थिर रहेको छ ।

यी मध्ये एक तिहाइ वयस्कहरूसँग बन्दुकहरू छन् । २०१९ को रिपोर्ट अनुसार अमेरिकामा ६३ हजार लाइसेन्स गन डिलरहरू छन् भने उनीहरूले त्यतिबेला अमेरिकी नागरिकहरूलाई ८३ हजार करोड मूल्यको बन्दुकको व्यापार गरेका थिए ।

त्यसैगरी, २३१ वर्ष बितिसक्दा पनि अमेरिकाले आफ्नो बन्दुक संस्कृति अन्त्य गर्न सकेको छैन । यसका दुई वटा कारण छन्। पहिलो– राष्ट्रपतिदेखि राज्यका गभर्नरसम्म धेरै अमेरिकीहरूले यो संस्कृति कायम राख्ने वकालत गर्दै आएका छन्।

दोस्रो, बन्दुक उत्पादन गर्ने कम्पनीहरू अर्थात् बन्दुक लबी पनि यस संस्कृतिको अस्तित्वको मुख्य कारण हुन् । १७९१ मा संविधानको दोस्रो संशोधन अन्तर्गत, अमेरिकी नागरिकहरूलाई हतियार राख्न र खरिद गर्ने अधिकार दिइएको थियो । यो संस्कृति अमेरिकाबाट सुरु भएको थियो जब त्यहाँ ब्रिटिस शासन थियो। त्यसबेला स्थायी सुरक्षा बल थिएन ।

त्यसैले जनतालाई आफ्नो र परिवारको सुरक्षाका लागि हतियार राख्ने अधिकार दिइएको थियो, तर यो कानुन आज पनि कायम छ र यसको दुरुपयोग अहिले पनि भइरहेको छ ।


प्रकाशित मिति: २० पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?