Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

नक्कली शैक्षिक प्रमाणपत्रधारी निगमका चालकविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौं। नेपाल वायुसेवा निगमका विमान चालक सम्राट बहादुर शाहको शैक्षिक प्रमाण पत्र नक्कली भेटिएपछि उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

उक्त आयोगमा उजुरी परेपछि छानबिन गर्दा शाहीले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको पुष्टि भएपछि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको जानकारी प्रवक्ता नरहरि घिमिरेले दिएका छन् । उनका अनुसार शाहीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१०) बमोजिमको सजायको मागदावी लिइएको छ ।

त्यस्तै, २०७१ फागुन १० गतेदेखि जुनियर क्याप्टेन पदमा नियुक्ति भई आठौँ तहको क्याप्टेन पदमा बढुवा भएका चालक शाहीले बढुवा प्रयोजनका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

उनले भारतको उत्तरप्रदेशस्थित सेकेन्डरी एजुकेशन काउन्सिल अन्तर्गत भिएसजे इन्टरकलेज गोरखपुर बाट प्रवीणता परीक्षामा प्रथम श्रेणी हासिल गरेको भन्दै झुट्टा प्रमाणपत्र पेस गरेको जनाइएको छ ।

 


प्रकाशित मिति: १९ पुष २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?