Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

कोरोना महामारीमा अनुदानमा आएका स्वास्थ्यसम्बन्धी उपकरण प्रयोगमा आएनन्


काठमाडौं। कोरोना महामारीमा विभिन्न दातृ निकायबाट अनुदानमा प्राप्त भएका स्वास्थ्यसम्बन्धी उपकरण प्रयोग नै नभई थन्किएका छन् ।

स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका निर्देशक डा। सर्वेश शर्माले कोरोना भाइरसका बिरामी नभएकाले ती स्वास्थ्यका उपकरण थन्किएको बताए । “अहिले कोरोना भाइरसको सङ्क्रमण छैन । त्यतिबेला दातृ निकायले नेपालका लागि कोरोना भाइरसको रोकथाम र उपचारका लागि स्वास्थ्यका उपचरण दिएका थिए”, उनले भने, “अहिले बिरामी नभएर र भौतिक संरचनाको नभएकाले उपकरण त्यत्तिकै थन्किएका छन् ।”

उनका अनुसार कोरोना महामारीका बेला कतिपय उपकरणले दातृ निकायले माग नै नगरिकन उपलब्ध गराएका थिए । महाशाखाको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख डा। सुरेन्द्र चौरसियाका अनुसार दुई सय १८ वटा स्वास्थ्य उपकरण प्रयोगविहीन रहेको बताएकन छन् ।

उनका अनुसार अनुदानमा प्राप्त ९१ भेन्टिलेटर, ४६ वटा पोर्टेबल भेन्टिलेटर, १३ सघन उपचार कक्ष (आइसियु), ५७ वटा न्यूटल टु एडल्ट भेन्टिलेटर र ११ वटा एनेशथेसिया वर्कस्टेशन प्रयोग नै नभई थन्किएका छन् भने कोरोना महामारीका बेला विभिन्न दातृ निकायले एक हजार चार सय ४५ स्वास्थ्यका उपकरण उपलब्ध गराएका थिए ।

उक्त महाशाखाका निर्देशक डा. शर्माले कोरोनाका बेला ती उपकरणको अत्यधिक माग रहेको र अहिले ती उपकरण भौतिक संरचनाको अभावले जडान नगरिएको बताए । प्रयोग नै नभई थन्किएका उपकरणलाई अयन्त्र स्थानान्तरण गरी सञ्चालन गर्ने तयारी गरिएको उनको भनाइ रहेको छ ।


प्रकाशित मिति: १९ पुष २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?