Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

पवित्र धार्मिक देवघाटमा मोटरबोट सञ्चालन तीर्थस्थल


भरतपुर,चितवन। पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा मोटरबोट सञ्चालनमा ल्याइएको छ । धार्मिक पर्यटन प्रवर्द्धनका लागि यहाँ मोटरबोट सञ्चालनमा ल्याइएको हो । बोटे बोरा मोटरबोट प्रालिले दुई सातादेखि मोटरबोट सञ्चालनमा ल्याएको सञ्चालक विभिषण शर्माले जानकारी दिए ।

उनका अनुसार मोटरबोट छोटो र लामो दूरीमा चलाइएको छ भने छोटो दूरीमा देवघाटधामको वेणिसङ्गमबाठ नागकुण्ड, सूर्यकुण्ड, झोलुङ्गे पुल हुँदै तपोवनसम्म मोटरबोटको यात्रा गर्न सकिने छ । त्यस्तै, छोटो दूरीको शुल्क रु दुई सय ५० तोकिएको छ ।

त्यसैगरी, लामो दूरीमा झण्डै आठ किलोमिटरको यात्रा गराइने छ भने वेणिसङ्गमबाट गैँडाकोटको नरसिंह दिव्यधामसम्म लामो दूरीको यात्रा गराइने उनले बताए । लामो दूरीको शुल्क निर्धारणको क्रममा रहेको उहाको भनाइ रहेको छ ।

भरतपुर महानगरपालिकाबाट स्वीकृति लिएर मोटरबोट सञ्चालन गरिएको शर्माले जानकारी दिए । उक्त मोटरबोटको क्षमता १० जनाको छ भने देवघाटमा चितवनबाट तनहुँतर्फ आवतजावतका लागि डुङ्गा नियमित सञ्चालनामा छन् ।

त्यस्तै, जलयात्रामा मनोरञ्जन लिन चाहने धार्मिक पर्यटकलाई केन्द्रित गरेर मोटरबोट सञ्चालन गरिएको देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष टङ्कनाथ पौडेलले बताए । उनले मोटरबोट सञ्चालनपछि देवघाटमा धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त समेत गरेका छन् ।

मोटरबोटले मौलाकालिका र देवघाटधामलाई जोड्ने पुलको काम गर्ने उनको भनाइ छ भने देवघाटधाममा दैनिक सयौँ भक्तजन दर्शन र स्नानका लागि आउने गर्छन् ।


प्रकाशित मिति: १९ पुष २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?