Trending
>>   लघुवित्तले बिना धितो ऋण दिएर गरिबी घटायोः उपाध्यक्ष श्रेष्ठ >>   सञ्चारमन्त्रीलाई देउवाले भनेः काँग्रेसको प्राथमिकता संसद पुनःस्थापना होइन, निर्वाचन हो >>   प्रधानमन्त्रीलाई विप्लवको प्रश्नः चुनाव गर्न चाहेको को कि युद्ध ? >>   ‘निर्वाचन हुन्छ कि हुँदैन’ भन्ने बहस सकियोः रामप्रसाद भण्डारी >>   विप्लव नेतृत्वको माओवादीले शुरु गर्‍यो आन्दोलन >>   निर्वाचनसम्बन्धी गतिविधिबारे जानकारी दिन निर्वाचन आयोगमा मिडिया सेन्टर स्थापना >>   नेपालको छवि राम्रो बनाउन काम गर्नेछुः मन्त्री शर्मा >>   राष्ट्रिय सभाको बैठक सिंहदरबारमा बस्ने, कृषि समितिको हल तयार पारिँदै >>   जेन–जी आन्दोलनले संविधानको मर्मलाई सुदृढ बनाउने अवसर दिएको छः उपराष्ट्रपति यादव >>   विद्युतीय प्रशारण लाइनको तारमुनिको जग्गाको कित्ताकाट गर्न पाइने
Logo
१२ पुष २०८२, शनिबार
१२ पुष २०८२, शनिबार

पवित्र धार्मिक देवघाटमा मोटरबोट सञ्चालन तीर्थस्थल


भरतपुर,चितवन। पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा मोटरबोट सञ्चालनमा ल्याइएको छ । धार्मिक पर्यटन प्रवर्द्धनका लागि यहाँ मोटरबोट सञ्चालनमा ल्याइएको हो । बोटे बोरा मोटरबोट प्रालिले दुई सातादेखि मोटरबोट सञ्चालनमा ल्याएको सञ्चालक विभिषण शर्माले जानकारी दिए ।

उनका अनुसार मोटरबोट छोटो र लामो दूरीमा चलाइएको छ भने छोटो दूरीमा देवघाटधामको वेणिसङ्गमबाठ नागकुण्ड, सूर्यकुण्ड, झोलुङ्गे पुल हुँदै तपोवनसम्म मोटरबोटको यात्रा गर्न सकिने छ । त्यस्तै, छोटो दूरीको शुल्क रु दुई सय ५० तोकिएको छ ।

त्यसैगरी, लामो दूरीमा झण्डै आठ किलोमिटरको यात्रा गराइने छ भने वेणिसङ्गमबाट गैँडाकोटको नरसिंह दिव्यधामसम्म लामो दूरीको यात्रा गराइने उनले बताए । लामो दूरीको शुल्क निर्धारणको क्रममा रहेको उहाको भनाइ रहेको छ ।

भरतपुर महानगरपालिकाबाट स्वीकृति लिएर मोटरबोट सञ्चालन गरिएको शर्माले जानकारी दिए । उक्त मोटरबोटको क्षमता १० जनाको छ भने देवघाटमा चितवनबाट तनहुँतर्फ आवतजावतका लागि डुङ्गा नियमित सञ्चालनामा छन् ।

त्यस्तै, जलयात्रामा मनोरञ्जन लिन चाहने धार्मिक पर्यटकलाई केन्द्रित गरेर मोटरबोट सञ्चालन गरिएको देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष टङ्कनाथ पौडेलले बताए । उनले मोटरबोट सञ्चालनपछि देवघाटमा धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त समेत गरेका छन् ।

मोटरबोटले मौलाकालिका र देवघाटधामलाई जोड्ने पुलको काम गर्ने उनको भनाइ छ भने देवघाटधाममा दैनिक सयौँ भक्तजन दर्शन र स्नानका लागि आउने गर्छन् ।


प्रकाशित मिति: १९ पुष २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?