Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

राजनीतिक हस्तक्षेप रहँदासम्म विश्वविद्यालयमा सुधार हुँदैनः नेता कोइराला


काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिक हस्तक्षेप नत्यागेसम्म विश्वविद्यालयमा सुधार हुन नसक्ने बताएका छन् ।

सुनकोशी इन्द्रावती समाजद्वारा आज बिपी कोइराला लायन्स तथा अध्ययन केन्द्र महाराजगञ्जमा आयोजित ‘सम्मान एवं प्रमाणपत्र वितरण’ कार्यक्रममा उनले विश्वविद्यालय सुधारका लागि राजनीतिक हस्तक्षेप त्याग्नुपर्नेमा जोड दिए । “हामीले अहिले मुलुकमा १७ विश्वविद्यालय खोल्यौँ भनेर गर्व गछौँ तर उक्त विश्वविद्यालयमा विद्यार्थी छन् कि छैनन् भनेर सोच्नुपर्ने बेला आएको छ”, उनले भने ।

त्यस्तै, नयाँ सोच लिएर अगाडि बढ्न नसके सबै विश्वविद्यालय धरापमा पर्ने अवस्था आएको उनको भनाइ रहेको छ । उनले त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय मान्यता र गुणस्तरीय शिक्षा हराउँदै गएको भन्दै चिन्ता व्यक्त गरे ।

उनले देशलाई विकास गर्दै मुलुकमा रोजगारी सिर्जना गर्नका लागि अहिलेको अवस्थामा समयसापेक्ष शिक्षा कस्तो बनाउने भन्ने कुरामा सरकारले विचार पुर्याउनुपर्ने बताएका छन् ।

नेता डा. कोइरालाले गत वर्षमात्र नेपालबाट विदेशमा अध्ययन गर्नका लागि एक लाख २७ हजार विद्यार्थी विभिन्न मुलुकमा गएको भन्दै तीनीहरूलाई नेपालमै बस्ने व्यवस्था मिलाउन नसकिएकामा चिन्ता व्यक्त गरे । जिल्ला–जिल्लामा मेडिकल कलेज खोल्ने कुरा सम्भव नभएको उनको भनाइ रहेको थियो ।


प्रकाशित मिति: १९ पुष २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?