Trending
>>   लघुवित्तले बिना धितो ऋण दिएर गरिबी घटायोः उपाध्यक्ष श्रेष्ठ >>   सञ्चारमन्त्रीलाई देउवाले भनेः काँग्रेसको प्राथमिकता संसद पुनःस्थापना होइन, निर्वाचन हो >>   प्रधानमन्त्रीलाई विप्लवको प्रश्नः चुनाव गर्न चाहेको को कि युद्ध ? >>   ‘निर्वाचन हुन्छ कि हुँदैन’ भन्ने बहस सकियोः रामप्रसाद भण्डारी >>   विप्लव नेतृत्वको माओवादीले शुरु गर्‍यो आन्दोलन >>   निर्वाचनसम्बन्धी गतिविधिबारे जानकारी दिन निर्वाचन आयोगमा मिडिया सेन्टर स्थापना >>   नेपालको छवि राम्रो बनाउन काम गर्नेछुः मन्त्री शर्मा >>   राष्ट्रिय सभाको बैठक सिंहदरबारमा बस्ने, कृषि समितिको हल तयार पारिँदै >>   जेन–जी आन्दोलनले संविधानको मर्मलाई सुदृढ बनाउने अवसर दिएको छः उपराष्ट्रपति यादव >>   विद्युतीय प्रशारण लाइनको तारमुनिको जग्गाको कित्ताकाट गर्न पाइने
Logo
१२ पुष २०८२, शनिबार
१२ पुष २०८२, शनिबार

४५ किलो गाँजा सहित एक युवक पक्राउ


विराटनगर। प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागूपदार्थ गाँजासहित एक जना युवकलाई विराटनगरमा पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१८ स्थित खेतमा लुकाएर राखेको अवस्थामा ४५ किलो गाँजा बरामद गरेको हो ।

त्यस्तै, प्लाष्टिकमा पोका पारेर खेतमा परालले छोपेर राखेको अवस्थामा प्रहरीले गाँजा बरामद गरेको हो । गाँजा लुकाएर राखेको आरोपमा विराटनगर–१८ का १९ वर्षीय नन्दु यादवलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताएका छन् ।

भारत लैजाने उद्देश्यले गाँजा उक्त स्थानमा राखिएको पाइएको उनले बताए । गाँजासहित यादवलाई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान भइरहेको जनाइएको छ ।

गाँजा ओसारपसारमा अरु पनि संलग्न भएको अनुमान गरिएको छ भने प्रहरीले पक्राउ परेका युवकसँग बयान लिएर त्यसअनुसार खोजी अघि बढाउने तयारी गरेको छ ।


प्रकाशित मिति: १९ पुष २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?