Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

नेपाल क्रिकेट सङ्घको वार्षिक क्यालेण्डर सार्वजनिक


काठमाडौं। नेपाल क्रिकेट सङ्घ (क्यान) ले वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ । आज पत्रकार सम्मेलन गरेर क्यानले नेपालले खेल्ने अन्तर्राष्ट्रिय र राष्ट्रिय प्रतियोगितालाई समावेश गरेर क्यालेण्डर सार्वजनिक गरेको हो ।

त्यस्तै क्यानले मंसिरमा नेपाल प्रिमियर लिग एनपीएल क्रिकेट आयोजना गर्ने भन्दै त्यसलाई पनि क्यालेण्डरमा समावेश गरेको छ भने मार्च अप्रिलमा गर्ने भने पनि अन्तर्राष्ट्रिय क्रिकेट क्यालेण्डर अनुसार मिलाउनु पर्ने भएकाले एनपीएल पछि सारिएको क्यानका सचिव पारस खड्काले बताएका छन् ।

सार्वजनिक गरेको वार्षिक क्यालेण्डर अनुसार माघको अन्तिम साता नेपालले क्यानडासँग एक दिवसीय क्रिकेट सिरिज खेल्ने छ भने ३ खेलको सिरिज नेपालमै हुने क्यानले जनाएको छ ।

त्यस्तै, क्यानले नेपाल ए टिम र क्यानडाबीचको सिरिज पनि प्रस्ताव गरेको छ । यो सिरिज माघदेखि फागुनको बीचमा हुने छ भने क्यानडासँगको एक दिवसीय क्रिकेट लगत्तै नामिबिया र नेदरल्याण्ड सम्मिलित त्रिदेशीय टी-२० शृङ्खला नेपालले नै आयोजना गर्ने छ ।


प्रकाशित मिति: १९ पुष २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?