Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

नेपाल क्रिकेट सङ्घको वार्षिक क्यालेण्डर सार्वजनिक


काठमाडौं। नेपाल क्रिकेट सङ्घ (क्यान) ले वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ । आज पत्रकार सम्मेलन गरेर क्यानले नेपालले खेल्ने अन्तर्राष्ट्रिय र राष्ट्रिय प्रतियोगितालाई समावेश गरेर क्यालेण्डर सार्वजनिक गरेको हो ।

त्यस्तै क्यानले मंसिरमा नेपाल प्रिमियर लिग एनपीएल क्रिकेट आयोजना गर्ने भन्दै त्यसलाई पनि क्यालेण्डरमा समावेश गरेको छ भने मार्च अप्रिलमा गर्ने भने पनि अन्तर्राष्ट्रिय क्रिकेट क्यालेण्डर अनुसार मिलाउनु पर्ने भएकाले एनपीएल पछि सारिएको क्यानका सचिव पारस खड्काले बताएका छन् ।

सार्वजनिक गरेको वार्षिक क्यालेण्डर अनुसार माघको अन्तिम साता नेपालले क्यानडासँग एक दिवसीय क्रिकेट सिरिज खेल्ने छ भने ३ खेलको सिरिज नेपालमै हुने क्यानले जनाएको छ ।

त्यस्तै, क्यानले नेपाल ए टिम र क्यानडाबीचको सिरिज पनि प्रस्ताव गरेको छ । यो सिरिज माघदेखि फागुनको बीचमा हुने छ भने क्यानडासँगको एक दिवसीय क्रिकेट लगत्तै नामिबिया र नेदरल्याण्ड सम्मिलित त्रिदेशीय टी-२० शृङ्खला नेपालले नै आयोजना गर्ने छ ।


प्रकाशित मिति: १९ पुष २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?