Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

मिर्गौला बेचबिखनमा संलग्न फरार एक व्यक्ति पक्राउ


काठमाडौं। मानव अङ्ग मिर्गौला बेचबिखन गर्ने कार्यमा संलग्न रही फरार रहेका एक जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोट बेलकोटगढी नागरपालिका–१३ बस्ने ४३ वर्षीय हरि नेपाली भनिने हरी दर्जी रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिएका छन् ।

उनका अनुसार निज दर्जीलाई मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरी टोलीले काठमाडौंबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो । त्यस्तै, पीडितलाई निज दर्जीले भारतको कोलकातास्थित एक पसलमा राम्रो काम लगाइदिने प्रलोभन देखाई नुवाकोटबाट काकडभिट्टा हुँदै भारत पुर्याएपछि पीडितलाई झुक्याई अस्पताल लगेर बेहोस पारी मिर्गौला झिक्न लगाएका थिए ।

दर्जीउपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धानका लागि सात दिन म्याद थप भएको प्रवक्ता कडायतले जानकारी दिएका छन् ।


प्रकाशित मिति: १८ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?