Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
३ पुष २०८२, बिहीबार
३ पुष २०८२, बिहीबार

रुबिना क्षेत्री प्लेयर अफ दि टुर्नामेन्ट घोषित


काठमाडौं। प्रधानमन्त्री कप टी-२० महिला क्रिकेट प्रतियोगितामा रुबिना क्षेत्री प्लेयर अफ दि टुर्नामेन्ट घोषित भएकी छन् ।

आज भएको फाइनलमा सशस्त्र प्रहरी बलले कोशी प्रदेशलाई ११ रनले पराजित गर्दै उपाधि जितेको छ भने कोशीकी कप्तान रुबिना क्षेत्रीले ६२ रन बनाए पनि टोलीको जितका लागि पर्याप्त भएन ।

यद्यपि प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बन्न सफल भइन् । सो प्रतियोगिताको कुल १० खेलमा ३४४ रन बनाएकी राष्ट्रिय टिमकी पूर्वकप्तान रुबिनाले १० विकेट लिएकी थिइन् भने उनले स्कुटर पुरस्कार पाएकी छन् ।

त्यस्तै, गण्डकी प्रदेशकी ज्योत्स्निका मरासिनी उदीयमान खेलाडी घोषणा भइन् । उनले ७ खेलमा ९१ रन बनाएकी थिइन्, जसमा कर्णालीविरुद्ध ५० रनको इनिङ खेलेकी थिइन् भने उनले ५० हजार बराबरको क्रिकेट सामाग्री प्राप्त गरेकी छन् ।

उक्त प्रतियोगिता उत्कृष्ट बलर पूजा महतो चुनिइन् । पूजाले ७ खेलमा १२ विकेट लिएकी थिइन् । सुमन खतिवडा उत्कृष्ट ब्याटर चुनिइन् भनेउनले ७ खेलमा २ सय १२ रन बनाएकी थिइन् ।

त्यस्तै, सुमन र पूजाले समान ५० हजार प्राप्त गर्नेछन् ।


प्रकाशित मिति: १८ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?