Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

रुबिना क्षेत्री प्लेयर अफ दि टुर्नामेन्ट घोषित


काठमाडौं। प्रधानमन्त्री कप टी-२० महिला क्रिकेट प्रतियोगितामा रुबिना क्षेत्री प्लेयर अफ दि टुर्नामेन्ट घोषित भएकी छन् ।

आज भएको फाइनलमा सशस्त्र प्रहरी बलले कोशी प्रदेशलाई ११ रनले पराजित गर्दै उपाधि जितेको छ भने कोशीकी कप्तान रुबिना क्षेत्रीले ६२ रन बनाए पनि टोलीको जितका लागि पर्याप्त भएन ।

यद्यपि प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बन्न सफल भइन् । सो प्रतियोगिताको कुल १० खेलमा ३४४ रन बनाएकी राष्ट्रिय टिमकी पूर्वकप्तान रुबिनाले १० विकेट लिएकी थिइन् भने उनले स्कुटर पुरस्कार पाएकी छन् ।

त्यस्तै, गण्डकी प्रदेशकी ज्योत्स्निका मरासिनी उदीयमान खेलाडी घोषणा भइन् । उनले ७ खेलमा ९१ रन बनाएकी थिइन्, जसमा कर्णालीविरुद्ध ५० रनको इनिङ खेलेकी थिइन् भने उनले ५० हजार बराबरको क्रिकेट सामाग्री प्राप्त गरेकी छन् ।

उक्त प्रतियोगिता उत्कृष्ट बलर पूजा महतो चुनिइन् । पूजाले ७ खेलमा १२ विकेट लिएकी थिइन् । सुमन खतिवडा उत्कृष्ट ब्याटर चुनिइन् भनेउनले ७ खेलमा २ सय १२ रन बनाएकी थिइन् ।

त्यस्तै, सुमन र पूजाले समान ५० हजार प्राप्त गर्नेछन् ।


प्रकाशित मिति: १८ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?