Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

११ महिनामा एक करोड १९ लाखले गरे हवाई यात्रा


काठमाडौं। सन् २०२३ को नोभेम्बरसम्म अन्तर्राष्ट्रिय र आन्तरिक उडानमा गरी एक करोड १९ लाख ४८ हजारले यात्रा गरेका छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यो संख्या सन् २०२२ को तुलनामा ४१ प्रतिशतले बढी हो । २०२२ मा २९ लाख ४५ हजार ५४० जनाले हवाई यात्रा गरेका थिए।

यसअवधिमा अन्तर्राष्ट्रिय उडानतर्फ ४१ लाख ९४ हजार २९३ जनाले यात्रा गरेका छन् । उनीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमार्फत यात्रा गरेका हुन् ।

हाल नेपालमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको संख्या ३० रहेको छ भने नेपालबाट १६ देशका ३३ वटा अन्तर्राष्ट्रिय गन्तव्यहरूमा नियमित उडान भइरहेको छ।

त्यस्तै आन्तरिकतर्फ २०२३ को नोभेम्बरसम्म ७७ लाख ९४ हजार २१७ जनाले हवाई यात्रा गरेका छन् भने यो संख्या २०२२ को तुलनामा ३७ प्रतिशतले बढी हो।

त्यसैगरी, २०२२ मा आन्तरिकतर्फ ५६ लाख ६८ हजार ९१४ जनाले यात्रा गरेका थिए। प्राधिकरणबाट २१ वटा वायुसेवा कम्पनीले सञ्चालन अनुमति पाए पनि हाल १९ वटा कम्पनीले मात्र उडान गरिरहेका छन्। देशभर विमानस्थलको संख्या ५५ पुगेको छ।

यसमध्ये ३५ वटा विमानस्थलहरू आन्तरिक हवाई सेवा सञ्चालनमा जोडिएका छन्।


प्रकाशित मिति: १८ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?