Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

राष्ट्रपति पौडेलको उपचार खर्चका लागि ९ लाख ९५ हजार रुपैयाँ निकासा


काठमाडौं। अर्थ मन्त्रालयले राष्ट्रपति रामचन्द्र पौडेलको उपचार खर्चका लागि ९ लाख ९५ हजार रुपैयाँ निकासा गरेको छ । राष्ट्रपति पौडेलको उपचार खर्चबापत भुक्तानी गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सो रकम निकासा गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयमार्फत उपलब्ध गराउन सो रकम जिल्लाप्रशासन कार्यालयलाई दिइएको मन्त्रालयले जनाएको छ भने मन्त्रिपरिषद्को असोज ६ को निर्णय अनुसार सो रकम निकासा गरिएको हो ।

उक्त मन्त्रालयले सो रकम राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन २०७४ बमोजिम सो रकम प्रदान गरेको जनाएको छ । त्यस्तै, इजरायलको दक्षिणी भाग किबुज अलुमिममा हमास समूहको आक्रमणमा परि निधन भएका परिवारलाई राहत स्वरूप प्रति परिवार १० लाखका दरले उपलब्ध गराउन एक करोड रुपैयाँ निकासा गरेको छ ।

त्यस्तै, दक्षिण इजरायलको द्वन्द्वग्रस्त क्षेत्र सेदोत नेगेभको किवुज अलुमिनमा हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए भने त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको एक्स रे मेसिन जडान गर्न सात करोड रुपैयाँ अर्थले निकासा गरेको छ ।


प्रकाशित मिति: १८ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?