Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

राष्ट्रपति पौडेलको उपचार खर्चका लागि ९ लाख ९५ हजार रुपैयाँ निकासा


काठमाडौं। अर्थ मन्त्रालयले राष्ट्रपति रामचन्द्र पौडेलको उपचार खर्चका लागि ९ लाख ९५ हजार रुपैयाँ निकासा गरेको छ । राष्ट्रपति पौडेलको उपचार खर्चबापत भुक्तानी गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सो रकम निकासा गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयमार्फत उपलब्ध गराउन सो रकम जिल्लाप्रशासन कार्यालयलाई दिइएको मन्त्रालयले जनाएको छ भने मन्त्रिपरिषद्को असोज ६ को निर्णय अनुसार सो रकम निकासा गरिएको हो ।

उक्त मन्त्रालयले सो रकम राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन २०७४ बमोजिम सो रकम प्रदान गरेको जनाएको छ । त्यस्तै, इजरायलको दक्षिणी भाग किबुज अलुमिममा हमास समूहको आक्रमणमा परि निधन भएका परिवारलाई राहत स्वरूप प्रति परिवार १० लाखका दरले उपलब्ध गराउन एक करोड रुपैयाँ निकासा गरेको छ ।

त्यस्तै, दक्षिण इजरायलको द्वन्द्वग्रस्त क्षेत्र सेदोत नेगेभको किवुज अलुमिनमा हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए भने त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको एक्स रे मेसिन जडान गर्न सात करोड रुपैयाँ अर्थले निकासा गरेको छ ।


प्रकाशित मिति: १८ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?