Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

तेस्रो टेस्टको पहिलै दिन पाकिस्तान अल आउट


काठमाडौं। सिरिज गुमाइसकेको पाकिस्तान अस्ट्रेलियाविरुद्धको तेस्रो टेस्टको पहिलै दिन अल आउट भएको छ । टस जितेर पहिला ब्याटिङ रोजेको पाहुना टोली पाकिस्तानले सिड्नी मैदानमा ३१३ रन बनाउँदै सबै विकेट गुमाउन पुग्यो ।

त्यस्तै, सुरुदेखि नै दबाबमा रहेको पाकिस्तानले ४७ रन बनाउँदा ४ विकेट गुमाएको थियो । त्यसपछि पनि नियमित अन्तरमा विकेट गुमाउँदा अन्ततः पहिलो दिनको तेस्रो सेसनमा पुग्दा सबै विकेट गुमायो भने पाकिस्तानले पहिलो दिनको निर्धारित ९० ओभर पनि खेल्न सकेन । ७७.१ ओभरमा खेल सकिएको थियो ।

पाकिस्तानका ओपनरद्वय अब्दुल्लाह सफिक र समय अयुब खाता नै नखोली आउट एका थिए । त्यसपछि कप्तान सान मक्सुदल र बाबर आजमले पारि अघि बढाए, तर बाबर २६ रन बनाएर आउट भएका थिए । लगत्तै सउद साकेल पनि ५ रनमा आउट हुँदा पाकिस्तानले ४७ रनमा चौथो विकेट गुमायो ।

मोहम्द रिजवान र आघा सलमानले ९४ रनको साझेदारी गर्दै परि अघि बढाएका थिए । रिजवान ८८ रन बनाएर आउट हुँदा पाकिस्तानले पाँचौँ विकेट सुम्पिएको थियो ।

त्यसैगरी, छैटौँ विकेटको रुपमा साजिद खान १५ रन बनाएर आउट भएका थिए । मीर हम्जा र अमर जमेलले दोस्रो ठूलो साझेदारीको रुपमा अन्तिममा ८६ रनको गरे । यो साझेदारीपछि पाकिस्तानको स्कोर ३१३ रन पुगेको हो ।

आघा सल्मान ५३ रन बनाएर आउट भएका थिए भने अमर जमेल ८२ रन बनाएर अन्तिम विकेटको रुपमा पभेलियन फर्किए । पहिलो दिननै पाकिस्तानलाई अल आउट गर्दा अस्ट्रेलियाका पाट कम्निसले सर्वाधिक ५ विकेट लिए । यसैगरी मिचेल स्टार्कले २ विकेट लँदा जोस हेजलवुड, नाथन लियोन र मिचेल मार्सले एक एक विकेट लिए ।

यसअघिका दुवै टेस्ट जित्दै अस्ट्रेलियाले सिरिज जितिसकेको छ भने टेस्ट च्याम्पियनसिप अन्तर्गतको खेल भएकाले हरेक जित र हारको अङ्कको भने ठूलो महत्त्व रहेको छ ।


प्रकाशित मिति: १८ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?