Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

तेस्रो टेस्टको पहिलै दिन पाकिस्तान अल आउट


काठमाडौं। सिरिज गुमाइसकेको पाकिस्तान अस्ट्रेलियाविरुद्धको तेस्रो टेस्टको पहिलै दिन अल आउट भएको छ । टस जितेर पहिला ब्याटिङ रोजेको पाहुना टोली पाकिस्तानले सिड्नी मैदानमा ३१३ रन बनाउँदै सबै विकेट गुमाउन पुग्यो ।

त्यस्तै, सुरुदेखि नै दबाबमा रहेको पाकिस्तानले ४७ रन बनाउँदा ४ विकेट गुमाएको थियो । त्यसपछि पनि नियमित अन्तरमा विकेट गुमाउँदा अन्ततः पहिलो दिनको तेस्रो सेसनमा पुग्दा सबै विकेट गुमायो भने पाकिस्तानले पहिलो दिनको निर्धारित ९० ओभर पनि खेल्न सकेन । ७७.१ ओभरमा खेल सकिएको थियो ।

पाकिस्तानका ओपनरद्वय अब्दुल्लाह सफिक र समय अयुब खाता नै नखोली आउट एका थिए । त्यसपछि कप्तान सान मक्सुदल र बाबर आजमले पारि अघि बढाए, तर बाबर २६ रन बनाएर आउट भएका थिए । लगत्तै सउद साकेल पनि ५ रनमा आउट हुँदा पाकिस्तानले ४७ रनमा चौथो विकेट गुमायो ।

मोहम्द रिजवान र आघा सलमानले ९४ रनको साझेदारी गर्दै परि अघि बढाएका थिए । रिजवान ८८ रन बनाएर आउट हुँदा पाकिस्तानले पाँचौँ विकेट सुम्पिएको थियो ।

त्यसैगरी, छैटौँ विकेटको रुपमा साजिद खान १५ रन बनाएर आउट भएका थिए । मीर हम्जा र अमर जमेलले दोस्रो ठूलो साझेदारीको रुपमा अन्तिममा ८६ रनको गरे । यो साझेदारीपछि पाकिस्तानको स्कोर ३१३ रन पुगेको हो ।

आघा सल्मान ५३ रन बनाएर आउट भएका थिए भने अमर जमेल ८२ रन बनाएर अन्तिम विकेटको रुपमा पभेलियन फर्किए । पहिलो दिननै पाकिस्तानलाई अल आउट गर्दा अस्ट्रेलियाका पाट कम्निसले सर्वाधिक ५ विकेट लिए । यसैगरी मिचेल स्टार्कले २ विकेट लँदा जोस हेजलवुड, नाथन लियोन र मिचेल मार्सले एक एक विकेट लिए ।

यसअघिका दुवै टेस्ट जित्दै अस्ट्रेलियाले सिरिज जितिसकेको छ भने टेस्ट च्याम्पियनसिप अन्तर्गतको खेल भएकाले हरेक जित र हारको अङ्कको भने ठूलो महत्त्व रहेको छ ।


प्रकाशित मिति: १८ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?