Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
११ पुष २०८२, शुक्रबार
११ पुष २०८२, शुक्रबार

पाकिस्तानका पूर्वअर्थमन्त्री अजीजको निधन


काठमाडौं। पाकिस्तानका पूर्वअर्थमन्त्री सरताज अजीजको ९५ वर्षको उमेरमा निधन भएको छ । पीएमएल-एनले सोशल मिडिया प्लेटफर्म एक्समा पोस्ट गर्दै सरताज अजिजको मंगलबार निधन भएको पुष्टि गरेको हो ।

पूर्वप्रधानमन्त्री शाहिद शकन अब्बासीले पाकिस्तानमा अजिजको उल्लेख्य योगदान रहेको बताएका छन् । सरकारी रेडियो पाकिस्तानका अनुसार अजीज आर्थिक नीतिहरू बनाउन र पाकिस्तानलाई अगाडि बढाउन महत्त्वपूर्ण भूमिका खेलेका मध्य एक नेता हुन् । पीएमएल–एनका महासचिव अहसान इकबालले अजिज राष्ट्रका लागि महत्त्वपूर्ण सम्पत्ति भएको बताएका छन् ।

त्यस्तै, पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले पनि उनको निधनमा शोक व्यक्त गरेका छन् भने कार्यवाहक प्रधानमन्त्री अनवरुल हक कक्कडले पूर्वअर्थमन्त्रीको कामको प्रशंसा गर्दै उनलाई राष्ट्रको सम्पत्ति भएको बताएका छन् ।


प्रकाशित मिति: १८ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?