Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

पाकिस्तानका पूर्वअर्थमन्त्री अजीजको निधन


काठमाडौं। पाकिस्तानका पूर्वअर्थमन्त्री सरताज अजीजको ९५ वर्षको उमेरमा निधन भएको छ । पीएमएल-एनले सोशल मिडिया प्लेटफर्म एक्समा पोस्ट गर्दै सरताज अजिजको मंगलबार निधन भएको पुष्टि गरेको हो ।

पूर्वप्रधानमन्त्री शाहिद शकन अब्बासीले पाकिस्तानमा अजिजको उल्लेख्य योगदान रहेको बताएका छन् । सरकारी रेडियो पाकिस्तानका अनुसार अजीज आर्थिक नीतिहरू बनाउन र पाकिस्तानलाई अगाडि बढाउन महत्त्वपूर्ण भूमिका खेलेका मध्य एक नेता हुन् । पीएमएल–एनका महासचिव अहसान इकबालले अजिज राष्ट्रका लागि महत्त्वपूर्ण सम्पत्ति भएको बताएका छन् ।

त्यस्तै, पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले पनि उनको निधनमा शोक व्यक्त गरेका छन् भने कार्यवाहक प्रधानमन्त्री अनवरुल हक कक्कडले पूर्वअर्थमन्त्रीको कामको प्रशंसा गर्दै उनलाई राष्ट्रको सम्पत्ति भएको बताएका छन् ।


प्रकाशित मिति: १८ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?