Trending
>>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

फिनल्यान्ड र स्विडेनमा चिसोले तापक्रम माइनस ४० डिग्रीभन्दा तल


एजेन्सी। फिनल्यान्ड र स्विडेनमा मंगलबार सबैभन्दा चिसो तापक्रम रेकर्ड गरिएको छ । थर्मोमिटरमा तापक्रम शून्यदेखि माइनस ४० डिग्री सेल्सियससम्म झरेपछि नर्डिक क्षेत्रमा चिसो बढेको छ ।

चिसो र हिउँले नर्वेसहित सम्पूर्ण क्षेत्रमा यातायात अवरुद्ध भएको छ । नर्वेमा मौसमका कारण दक्षिणमा एउटा प्रमुख राजमार्ग बन्द भएको छ भने फेरी लाइनहरू स्थगित गरिएको छ । स्विडेनका रेल अपरेटरहरूले चिसोका कारण आर्कटिक उत्तरमा रेल यातायातका लागि धेरै समस्या उत्पन्न भएको बताएका छन् ।
स्विडेनको सार्वजनिक प्रसारक एसभिटीका अनुसार उत्तरी स्विडेनमा आदिवासी सामी बसोबास गर्ने एउटा सानो गाउँ निक्कालुओक्टामा मंगलबार बिहान तापक्रम शून्यदेखि माइनस ४१ दशमलव ६ डिग्री सेल्सियस तल पुगेको छ ।

एसभिटीका मौसमविद् निल्स होल्मक्विस्टले भने, ‘यो जाडोमा अहिलेसम्मको सबैभन्दा चिसो तापक्रम हो र उत्तरमा धेरै चिसो मौसम रहने छ ।’
स्विडेनको मौसम तथा जलविज्ञान संस्थानले उत्तरी स्विडेनमा धेरै स्थानमा शून्यभन्दा ३० डिग्री सेल्सियस तल तापक्रम भएको सूचना दिएको छ । साथै, उसले दक्षिणी स्विडेनका लागि हिउँ र हावाको चेतावनी जारी गरेको छ । संस्थानको दोस्रो उच्च चेतावनी आधा रातदेखि बुधबारसम्म लागु हुन्छ ।

छिमेकी फिनल्यान्डमा यो जाडोको चिसो रेकर्ड उत्तरपश्चिमी सहर यलिभिस्कामा गरिएको छ । त्यहाँ मंगलबारको प्रारम्भमा तापक्रम शून्यदेखि ३७ दशमलव आठ डिग्री सेल्सियससम्म तल झरेको थियो । पूर्वानुमानकर्ताहरूले पूरै साता केही स्थानमा तापक्रम शून्यदेखि ४० डिग्री सेल्सियससम्म झर्ने बताएका छन् ।

फिनिस राजधानी हेलसिन्कीमा तापक्रम शून्यदेखि १५ र २० डिग्री सेल्सियसको बीचसम्म तल झर्ने अपेक्षा गरिएको थियो । दक्षिणी नर्वेको अरेन्डल सहरमा बालबालिकालाई स्कुल जानका लागि समयमै फुटपाथ सफा गर्न सम्भव नभएकाले बुधबार स्कुल बन्द रहने अधिकारीहरूले बताएका छन् ।


प्रकाशित मिति: १८ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?