Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

उपकुलपति र पदाधिकारी खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न माग राख्दै नेविसंघको प्रदर्शन


काठमाडाैं। नेपाल विद्यार्थी सङ्घले विश्वविद्यालयका उपकुलपति तथा पदाधिकारीहरू खुला प्रतिस्पर्धाबाट नियुक्तिको माग गर्दै मङ्गलवार प्रदर्शनी मार्ग, आर आर क्याम्पस अगाडि “सडक बहस” आयोजना गरेको छ।

नेपाल विद्यार्थी सङ्घले विश्वविद्यालयमा भएको दलियकरण र राजनीतिक हस्तक्षेप को अन्त्यको माग गर्दै निरन्तर अभियान गरिरहेको ने वि संघ केन्दीय सदस्य बिजय ढुंगाना ले बताउँनु भयो।पुस १६ मा राष्ट्रिय मेलमिलाप दिवस को दिनमा आग्रह, अबको मेलमिलाप हाम्रा विश्वविद्यालयको सुधार र शिक्षाको दलियकरण र राजनीतिक हस्तक्षेप अन्त्यको लागी भन्दै नेपाली कांग्रेसले प्रज्ञा भवन कमलादीमा आयोजना गरेको कार्यक्रम स्थलमा ब्यानर समेत राखेका थिए, जुन आयोजकले जबरजस्ती हटाएको थियो। उक्त कार्यक्रममा नेविसंघले प्रमुख दलका प्रमुख नेता तथा अन्य उपस्थित नेताहरू लाई पत्र समेत बडेका थिए।

नेविसंघले त्रिभुवन विश्वविद्यालय को उपकुलपति तथा पदाधिकारी को नियुक्ति खुल्ला प्रतिस्पर्धाबाट गर्नुपर्ने माग राख्दै ‘प्रधानमन्त्रीलाई पत्र’ अभियान समेत चलाएको छ।


प्रकाशित मिति: १७ पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?