Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

उपकुलपति र पदाधिकारी खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न माग राख्दै नेविसंघको प्रदर्शन


काठमाडाैं। नेपाल विद्यार्थी सङ्घले विश्वविद्यालयका उपकुलपति तथा पदाधिकारीहरू खुला प्रतिस्पर्धाबाट नियुक्तिको माग गर्दै मङ्गलवार प्रदर्शनी मार्ग, आर आर क्याम्पस अगाडि “सडक बहस” आयोजना गरेको छ।

नेपाल विद्यार्थी सङ्घले विश्वविद्यालयमा भएको दलियकरण र राजनीतिक हस्तक्षेप को अन्त्यको माग गर्दै निरन्तर अभियान गरिरहेको ने वि संघ केन्दीय सदस्य बिजय ढुंगाना ले बताउँनु भयो।पुस १६ मा राष्ट्रिय मेलमिलाप दिवस को दिनमा आग्रह, अबको मेलमिलाप हाम्रा विश्वविद्यालयको सुधार र शिक्षाको दलियकरण र राजनीतिक हस्तक्षेप अन्त्यको लागी भन्दै नेपाली कांग्रेसले प्रज्ञा भवन कमलादीमा आयोजना गरेको कार्यक्रम स्थलमा ब्यानर समेत राखेका थिए, जुन आयोजकले जबरजस्ती हटाएको थियो। उक्त कार्यक्रममा नेविसंघले प्रमुख दलका प्रमुख नेता तथा अन्य उपस्थित नेताहरू लाई पत्र समेत बडेका थिए।

नेविसंघले त्रिभुवन विश्वविद्यालय को उपकुलपति तथा पदाधिकारी को नियुक्ति खुल्ला प्रतिस्पर्धाबाट गर्नुपर्ने माग राख्दै ‘प्रधानमन्त्रीलाई पत्र’ अभियान समेत चलाएको छ।


प्रकाशित मिति: १७ पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?