Trending
>>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल >>   ‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’:प्रधानमन्त्री… >>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

बंगलादेशका नोबेल पुरस्कार विजेता युनुसलाई ६ महिना जेल सजाय


काठमाडौं। बंगलादेशका नोबेल पुरस्कार विजेता अर्थशास्त्री डा. मुहम्मद युनुसलाई ६ महिनाको जेल सजाय सुनाइएको छ । बंगलादेशको श्रम कानून उल्लंघन गरेको अभियोगमा सोमबार अदालतले उनलाई जेल सजाय सुनाएको हो ।

न्यायाधीशले युनुस सहित अरु ३ जनालाई ग्रामीण टेलिकम कामका क्रममा कानून उल्लंघन गरेको अभियोगमा ६ महिनाको साधारण जेल सजाय भोग्नुपर्ने छ भने फैसला सुनाउँदा ८३ वर्षीय युनुस अदालतमा उपस्थित रहेका थिए ।

त्यस्तै, युनुसका समर्थकहरूले जनवरी ७ मा हुन लागेको आम निर्वाचनअघि यो घटनालाई राजनीतिक रूपमा प्रेरित भएको बताएका छन् । श्रम अदालतका न्यायाधीश शेख मरिना सुल्तानाले फैसला सुनाउँदै श्रम कानून उल्लङ्घन गरेको आरोप प्रमाणित भएको बताइन् ।

न्यायाधीशले उनीहरूलाई जनही २५ हजार टाका जरिवाना तिर्नुका साथै थप १० दिन जेलमा बस्नु पर्ने बताए । फैसला लगत्तै युनुस र अन्य तीन जनाले जमानतका लागि निवेदन दिएका थिए । न्यायाधीशले उनलाई ५ हजार रुपैयाँ धरौटीमा एक महिनाको जमानतमा अनुमति पनि दिएका छन् ।

कानुनअनुसार युनुस र अन्य तीन जनाले उक्त फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन गर्न सक्छन् । उनले सन् २००६ मा नोबेल पुरस्कार पाएका थिए ।


प्रकाशित मिति: १७ पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?