Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

जापानमा गएको भूकम्पका कारण ८ जनाको मृत्यु


काठमाडौं। जापानमा सोमबार गएको भूकम्पका कारण ८ जनाको मृत्यु भएको छ । अहिले उद्धारकार्य जारी रहेकाले संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

२४ घण्टाको अवधिमा एक सय ५५ पटक भूकम्पको धक्का महसुस गरिएको थियो । जापान सरकारले उद्धार राहतलाई तीव्रता दिएको छ भने भग्नावशेषमा दबिएका व्यक्तिको खोजी जनाइएको छ ।

केही तटीय क्षेत्रका बासिन्दाहरूलाई सुनामीको चेतावनी पनि जारी गरिएको छ । भूकम्पले जापानको लामो पश्चिमी तटवर्ती क्षेत्र र छिमेकी दक्षिण कोरियामा करिब १ मिटर अग्लो छालहरू उठाएको थियो ।

त्यस्तै, प्रहरी र स्थानीय अधिकारीहरूले मंगलबार बिहानै भत्किएका भवनको भग्नावशेषबाट शव निकालिएको जानकारी दिएका छन् भने सोमबार दिउँसो जापानमा ७.६ म्याग्निच्युडको प्रारम्भिक भूकम्पले धेरै भवनहरू ध्वस्त पारेको छ भने हजारौं घरहरूमा बिजुली अवरुद्ध भएको छ ।

यसैगरी, भूकम्पका कारण धावनमार्ग चिरा परेपछि सबैभन्दा बढी प्रभावित इशिकावा प्रान्तको एउटा स्थानीय विमानस्थल बन्द गरिएको छ भने सबैभन्दा बढी प्रभावित क्षेत्रका मुख्य सडकहरू नराम्ररी क्षतिग्रस्त भएकाले उद्धार कार्यमा बाधा पुगेको बताइएको छ ।

त्यस्तै, जापानको मौसम विज्ञान एजेन्सीले सोमबार सुदूर नोटो प्रायद्वीपमा भूकम्प गएपछि लगातार परकम्पहरू गएकाले आगामी दिनमा अझै शक्तिशाली भूकम्प आउन सक्ने चेतावनी दिएको छ ।

सरकारले सोमबार रातिसम्म मुख्य टापु होन्सुको पश्चिमी तटमा रहेका नौ प्रान्तका ९७ हजारभन्दा बढी मानिसहरूलाई घर छाड्न आदेश दिएको थियो । उनीहरूले खेलकुद हल र विद्यालय व्यायामशालाहरूमा रात बिताएका छन् ।


प्रकाशित मिति: १७ पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?