Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

नेप्से परिसूचकमा आठ दशमलव ७५ अङ्कको गिरावट


काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक आठ दशमलव ७५ अङ्कले घटेर दुई हजार ६० दशमलव १५ को बिन्दुमा कायम भएको छ ।

आज विभिन्न तीन सय ६ कम्पनीको एक करोड १८ लाख ९२ हजार पाँच सय ५९ कित्ता शेयर एक लाख दुइ हजार नौ सय पाँच पटक खरिद बिक्री हुँदा रू चार अर्ब ४८ करोड ३९ लाख ८२ हजार चार सय ६१ बराबरको कारोबार भएको छ ।

आजको कारोबारपछि बैंकिङ समूहको उपसूचक शून्य दशमलव ०१, विकास बैंक शून्य दशमलव १०, लगानी र उत्पादन तथा प्रशोधन समूह समान एक दशमलव ०७ र व्यापार समूह शून्य दशमलव ४५ अङ्कले बढेको छ भने जलविद्युत् समूहको उपसूचकमा सबैभन्दा धेरै एक दशमलव ७२ प्रतिशतको गिरावट देखिएको छ ।

त्यस्तै वित्त शून्य दशमलव ८०, होटल तथा पर्यटन एक दशमलव ६७, जीवन बीमा एक दशमलव ५८, लघुवित्त शून्य दशमलव १५, म्युचुअल फन्ड शून्य दशमलव ३१, निर्जीवन बीमा शून्य दशमलव ७५ र अन्य समूह शून्य दशमलव ३२ प्रतिशतले घटेको छ ।

त्यस्तै, सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र चिर्खुवा हाइड्रोपावर लिमिटेडकोको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सबैभन्दा धेरै गुमाउनेमा भने मोलुङ हाइड्रोपावर कम्पनीको शेयर मूल्य आठ दशमलव ०९ प्रतिशतले घटेको छ ।

उक्त कारोबार रकमका आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रू २० करोड १३ लाख ७३ हजार छ सय ६२ बराबरको कारोबार भएको छ भने कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने मोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको चार लाख ३७ हजार २७ कित्ता शेयर किनबेच भएको छ ।


प्रकाशित मिति: १६ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?