Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

अर्थतन्त्रमा आएन सुधार, दुई वर्षमा ३७ प्रतिशतले घट्यो माग


काठमाडौं। नेपालको अर्थतन्त्र समस्यामा नै रहेको नेपाल उद्योग परिसंघ (सीएनआई) ले बताएको छ ।

परिसंघले उद्योग व्यवसायस्तरमा गरेको सर्वेक्षणअनुसार दुई वर्ष अगाडिको तुलनामा बजारमा समग्र माग ३६.९३ प्रतिशतले घटेको हो । अघिल्लो आर्थिक वर्ष नै मागमा उच्च गिरावट आएपनि त्यसको तुलनामा समेत चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अर्थतन्त्रमा सुधार नआएको परिसंघको अध्ययनले देखाएको छ ।

नेपाल उद्योग परिसंघले गरेको अर्थतन्त्रबारे चालु आर्थिक वर्षको पहिलो त्रैमासिक सर्वेक्षणले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो भने मुद्रास्फीतिले गर्दा माग घटेको परिसंघका अध्यक्ष अग्रवालले बताएका छन् ।

सो सहकारीमा जनताको ठूलो पैसा फसेका कारण जनताबाट माग आउन नसकेको भन्दै उनले उद्योगीले थप ऋण लिन आँट नगरेको उनले बताए । सरकारको साधारण खर्च बढेको र पुँजीगत खर्च घट्दै गएको साथै कालोसूचीमा पर्नेहरू बढेको अध्यक्ष अग्रवालले जानकारी दिए ।

त्यस्तै, अध्ययन प्रतिवेदन अनुसार नेपालमा ५२.३२ प्रतिशत उद्योगीले नयाँ लगानीका योजना स्थगित गरेको उल्लेख छ भने गत वर्षको तुलनामा अटोमोबाइलमा डिमान्ड र कर्जा दुवै बढेपनि तीन वर्ष अगाडिको तुलनामा धेरै घटेको परिसंघले जनाएको छ ।

यस्तै सिमेन्टमा कच्चा पदार्थको मूल्य बढेको र डिमान्ड घटेको तथ्याांक सर्वेक्षणमा आएको छ भने सिमेन्टको कारोबार समेत घटेको परिसंघले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

त्यस्तै, १०० वटा उद्योगमा गरिएको सर्वेक्षणमा आधारमा यो तथ्याङ्क सार्वजनिक गरिएको परिसंघले जनाएको छ ।


प्रकाशित मिति: १६ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?