Trending
>>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

अर्थतन्त्रमा आएन सुधार, दुई वर्षमा ३७ प्रतिशतले घट्यो माग


काठमाडौं। नेपालको अर्थतन्त्र समस्यामा नै रहेको नेपाल उद्योग परिसंघ (सीएनआई) ले बताएको छ ।

परिसंघले उद्योग व्यवसायस्तरमा गरेको सर्वेक्षणअनुसार दुई वर्ष अगाडिको तुलनामा बजारमा समग्र माग ३६.९३ प्रतिशतले घटेको हो । अघिल्लो आर्थिक वर्ष नै मागमा उच्च गिरावट आएपनि त्यसको तुलनामा समेत चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अर्थतन्त्रमा सुधार नआएको परिसंघको अध्ययनले देखाएको छ ।

नेपाल उद्योग परिसंघले गरेको अर्थतन्त्रबारे चालु आर्थिक वर्षको पहिलो त्रैमासिक सर्वेक्षणले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो भने मुद्रास्फीतिले गर्दा माग घटेको परिसंघका अध्यक्ष अग्रवालले बताएका छन् ।

सो सहकारीमा जनताको ठूलो पैसा फसेका कारण जनताबाट माग आउन नसकेको भन्दै उनले उद्योगीले थप ऋण लिन आँट नगरेको उनले बताए । सरकारको साधारण खर्च बढेको र पुँजीगत खर्च घट्दै गएको साथै कालोसूचीमा पर्नेहरू बढेको अध्यक्ष अग्रवालले जानकारी दिए ।

त्यस्तै, अध्ययन प्रतिवेदन अनुसार नेपालमा ५२.३२ प्रतिशत उद्योगीले नयाँ लगानीका योजना स्थगित गरेको उल्लेख छ भने गत वर्षको तुलनामा अटोमोबाइलमा डिमान्ड र कर्जा दुवै बढेपनि तीन वर्ष अगाडिको तुलनामा धेरै घटेको परिसंघले जनाएको छ ।

यस्तै सिमेन्टमा कच्चा पदार्थको मूल्य बढेको र डिमान्ड घटेको तथ्याांक सर्वेक्षणमा आएको छ भने सिमेन्टको कारोबार समेत घटेको परिसंघले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

त्यस्तै, १०० वटा उद्योगमा गरिएको सर्वेक्षणमा आधारमा यो तथ्याङ्क सार्वजनिक गरिएको परिसंघले जनाएको छ ।


प्रकाशित मिति: १६ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?