Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

जापानमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी


काठमाडौं। जापानमा शक्तिशाली भूकम्प गएपछि सुनामीको चेतावनी जारी गरिएको छ । जापानमा ७.६ म्याग्निच्युडको भूकम्प गएपछि सुनामीको चेतावनी जारी गरिएको हो ।त्यसैगरी, इशिकावाको शुजु शहरमा केही घर र विजुलीका पोलहरू ढलेको जापानका सरकारी सञ्चार संस्था एनएचकेले जनाएको छ । यसैगरी निगाता र टोया क्षेत्र पनि सुनामीबाट प्रभावित हुने अनुमान छ भने यी क्षेत्रमा तीन मिटरसम्म उचाइको लहर उठ्ने बताइएको छ ।

जापानको सबैभन्दा ठूलो आणविक ऊर्जा अपरेटर कान्साई इलेक्ट्रिक न्युक्लियर प्लान्टहरुमा भने भूकम्पले क्षति नपुर्‍याएको बीबीसीले जनाएको छ । सुनामीको चेतावनी जारी भएपछि इशिकावा भन्ने स्थानका समुद्री किनारका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण सुरु गरिएको छ भने जापानको मौसम विभागले यहाँ पाँच मिटरसम्म अग्लो समुद्री छाल उठ्ने र त्यसले क्षति पुर्‍याउन सक्ने चेतावनी दिएको छ । जापानमा सन् २०११ मा भूकम्पपछि आएको सुनामीका कारण हजारौँको ज्यान गएको थियो भने सुनामीका कारण परमाणु संयन्त्रमा पनि क्षति पुगेको थियो ।


प्रकाशित मिति: १६ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?