Trending
>>   आज मिति २०८२ साल मंसिर २७ गते शनिवार, हेर्नुहोस् आजको राशिफल >>   एमालेले विधान संशोधन नगर्ने, १५ पदाधिकारी र २५१ जनाको केन्द्रिय कमिटी रहने >>   ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ >>   आम नागरिकलाई सुशासनको अनुभुति हुनेगरी काम गर्नेछुः नवनियुक्त श्रममन्त्री भण्डारी >>   एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए >>   राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा >>   लैङ्गिक हिंसा न्युनिकरणको लागि एकीकृत कानून निर्माणको तयारीमा सरकार >>   निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति >>   साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्दछः ओली >>   सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

तस्विरमा टोपी दिवस (फोटोफिचर)


काठमाडौं। राष्ट्रिय टोपी दिवस आज विभिन्न कार्यक्रम गरी मनाइएको छ । राष्ट्रिय फोटो पत्रकार सङ्घको आयोजनामा वसन्तपुरमा एक कार्यक्रमको आयोजना गर्दै नेपाली ढाका टोपी र नेपाली पोसाक लगाएर टोपी दिवस मनाइएको हो ।

उक्त कार्यक्रममा राष्ट्रिय फोटो पत्रकार सङ्घका कार्यवाहक महासचिव घनश्याम श्रेष्ठले नेपाली पहिचान सहित नयाँ वर्ष मनाउने उद्देश्यले टोपी दिवस मनाइएको बताएका छन् ।

उनले भने, ‘यो दिवस मनाउँदै गर्दा अङ्ग्रेजी नयाँ वर्ष बनाउनु हुन्न भन्ने होइन, तर हाम्रो नेपाली टोपी सहित, नेपाली पहिचान सहित नयाँ वर्ष मनाउने हो भने अझै बढी नेपालीपन झल्किन्छ की भन्ने हो । त्यसैले हामीले यो कार्यक्रम सञ्चालन गरेको हो ।’

त्यस्तै, मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाहरूले विक्रम सम्वत २०७० सालदेखि ’टोपी दिवस’ मनाउने अभियान थालेका थिए । पछि सामाजिक सञ्जाल यसको चर्चासँगै दिवसका रूपमा स्थापित भएको छ ।

जङ्गबहादुर राणाकी बहिनी डम्बरकुमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलो पटक टोपी बनाएर उपहार दिएको संस्कृतविद्को भनाइ रहेको छ । नेपाल बाहिर रहेका नेपाली र नेपाली भाषीहरूले पनि नेपाली टोपी लगाउने गर्छन् भने नेपाली टोपीको साइनो बङ्गलादेशको ढाका, कश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ ।

विशेषतः भाद्गाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रूपमा लिने गरिन्छ, तर नेपालका विभिन्न समुदायले आ-आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गर्छन् ।

मनाइयो टोपी दिवस (तस्बिरहरू)


प्रकाशित मिति: १६ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?