Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

तस्विरमा टोपी दिवस (फोटोफिचर)


काठमाडौं। राष्ट्रिय टोपी दिवस आज विभिन्न कार्यक्रम गरी मनाइएको छ । राष्ट्रिय फोटो पत्रकार सङ्घको आयोजनामा वसन्तपुरमा एक कार्यक्रमको आयोजना गर्दै नेपाली ढाका टोपी र नेपाली पोसाक लगाएर टोपी दिवस मनाइएको हो ।

उक्त कार्यक्रममा राष्ट्रिय फोटो पत्रकार सङ्घका कार्यवाहक महासचिव घनश्याम श्रेष्ठले नेपाली पहिचान सहित नयाँ वर्ष मनाउने उद्देश्यले टोपी दिवस मनाइएको बताएका छन् ।

उनले भने, ‘यो दिवस मनाउँदै गर्दा अङ्ग्रेजी नयाँ वर्ष बनाउनु हुन्न भन्ने होइन, तर हाम्रो नेपाली टोपी सहित, नेपाली पहिचान सहित नयाँ वर्ष मनाउने हो भने अझै बढी नेपालीपन झल्किन्छ की भन्ने हो । त्यसैले हामीले यो कार्यक्रम सञ्चालन गरेको हो ।’

त्यस्तै, मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाहरूले विक्रम सम्वत २०७० सालदेखि ’टोपी दिवस’ मनाउने अभियान थालेका थिए । पछि सामाजिक सञ्जाल यसको चर्चासँगै दिवसका रूपमा स्थापित भएको छ ।

जङ्गबहादुर राणाकी बहिनी डम्बरकुमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलो पटक टोपी बनाएर उपहार दिएको संस्कृतविद्को भनाइ रहेको छ । नेपाल बाहिर रहेका नेपाली र नेपाली भाषीहरूले पनि नेपाली टोपी लगाउने गर्छन् भने नेपाली टोपीको साइनो बङ्गलादेशको ढाका, कश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ ।

विशेषतः भाद्गाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रूपमा लिने गरिन्छ, तर नेपालका विभिन्न समुदायले आ-आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गर्छन् ।

मनाइयो टोपी दिवस (तस्बिरहरू)


प्रकाशित मिति: १६ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?