Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको अध्यक्षमा कुँवर


काठमाडौं। संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) को अध्यक्षमा योगेन्द्रकुमार कुँवर चयन भएका छन् ।

जेटियुसीसीको यही पुस १४ र १५ गते काठमाडौंमा सम्पन्न छैटौँ राष्ट्रिय ट्रेड युनियन सम्मेलनले नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष समेत रहेका कुँवरलाई एक वर्षका लागि जेटियुसीसीको राष्ट्रिय अध्यक्ष चयन गरेको हो ।

त्यस्तै, महासचिवमा लालकुमार लामा र महिला संयोजकमा विष्णु थापामगरलाई चयन गरेको हो भने जेटियुसीसीमा हाल नेपालमा मान्यताप्राप्त १० वटा ट्रेड युनियन महासङ्घ आवद्ध छन् ।

हरेक एक/एक वर्षमा हुने जेटियुसीसीको अध्यक्षमा भने प्रत्येक वर्ष छुट्टाछुट्टै ट्रेड युनियन संस्थाले प्रतिनिधित्व गर्दै आएका छन् ।


प्रकाशित मिति: १६ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?