Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

डडेलधुरा अस्पताल चाँडै ३०० शय्याको हुन्छः मन्त्री बस्नेत


डडेलधुरा।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले डडेलधुरा अस्पताल केही समयमै १०० शय्याबाट बढाएर ३०० शय्याको हुने बताएका छन् ।

त्यस्तै, आइतबार अस्पताल निरीक्षणका लागि डडेलधुरा आइपुगेका मन्त्री बस्नेतले तीन सय शय्याको अस्पताल सञ्चालन नभएसम्म मेडिकल कलेज पूर्ण रूपमा चल्न नसक्ने भएकाले अस्पतालको क्षमता पनि बढाउँदै लैजानु पर्नेमा जोड दिएका हुन् ।

मन्त्री बस्नेतले अस्पतालको स्तर उन्नतिका लागि स्वास्थ्य मन्त्रालयले कुनै कसर बाकी नराख्ने बताएका छन् । उक्त कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोख्रेलले अस्पतालमा कार्यरत जनशक्तिलाई मेडिकल कलेजले पनि काममा लगाउनु पर्ने आवश्यकता रहेकोमा जोड दिए।

उनले एमबीबीएसको पढाई सुरु गर्नु भन्दा नर्स र पारामेडिक्सको पढाई सुरु गर्न सल्लाह समेत दिएका छन् । अस्पताल र मिडिकल कलेज एक अर्काका परिपूरक भएको बताउँदै दुबैलाई साथ साथै लैजान सकेमात्र जनताले चाहेको स्वास्थ्य सेवा र चिकित्सा शास्त्रको पढाई अगाडि बढ्ने बताए ।

त्यस्तै, डडेलधुरा अस्पतालले तीन सय शय्यामा सञ्चालन गर्न नयाँ भवन बनाइरहेको छ । डडेलधुरा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष करुणाकर ओझाले जनशक्ति थप्ने कार्यमा सरकारले सहयोग गर्नु पर्ने बताए ।

मन्त्री बस्नेतले अस्पतालका निर्माणाधीन भवन, क्वाटर लगायतको निरीक्षण र अवलोकन समेत गरेका थिए ।


प्रकाशित मिति: १६ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?