Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

डडेलधुरा अस्पताल चाँडै ३०० शय्याको हुन्छः मन्त्री बस्नेत


डडेलधुरा।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले डडेलधुरा अस्पताल केही समयमै १०० शय्याबाट बढाएर ३०० शय्याको हुने बताएका छन् ।

त्यस्तै, आइतबार अस्पताल निरीक्षणका लागि डडेलधुरा आइपुगेका मन्त्री बस्नेतले तीन सय शय्याको अस्पताल सञ्चालन नभएसम्म मेडिकल कलेज पूर्ण रूपमा चल्न नसक्ने भएकाले अस्पतालको क्षमता पनि बढाउँदै लैजानु पर्नेमा जोड दिएका हुन् ।

मन्त्री बस्नेतले अस्पतालको स्तर उन्नतिका लागि स्वास्थ्य मन्त्रालयले कुनै कसर बाकी नराख्ने बताएका छन् । उक्त कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोख्रेलले अस्पतालमा कार्यरत जनशक्तिलाई मेडिकल कलेजले पनि काममा लगाउनु पर्ने आवश्यकता रहेकोमा जोड दिए।

उनले एमबीबीएसको पढाई सुरु गर्नु भन्दा नर्स र पारामेडिक्सको पढाई सुरु गर्न सल्लाह समेत दिएका छन् । अस्पताल र मिडिकल कलेज एक अर्काका परिपूरक भएको बताउँदै दुबैलाई साथ साथै लैजान सकेमात्र जनताले चाहेको स्वास्थ्य सेवा र चिकित्सा शास्त्रको पढाई अगाडि बढ्ने बताए ।

त्यस्तै, डडेलधुरा अस्पतालले तीन सय शय्यामा सञ्चालन गर्न नयाँ भवन बनाइरहेको छ । डडेलधुरा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष करुणाकर ओझाले जनशक्ति थप्ने कार्यमा सरकारले सहयोग गर्नु पर्ने बताए ।

मन्त्री बस्नेतले अस्पतालका निर्माणाधीन भवन, क्वाटर लगायतको निरीक्षण र अवलोकन समेत गरेका थिए ।


प्रकाशित मिति: १६ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?