काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
त्यसैगरी, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९.१२ रुपैयाँ रहेको छ भने बिक्री दर १६९.८८ रुपैयाँ रहेको छ भने अस्ट्रेलियन डलर एकको खरिद दर ९०.४८ रुपैयाँ रहेको छ भने बिक्री दर ९०.८९ रुपैयाँ रहेको छ ।
त्यस्तै, अमेरिकी डलर एकको खरिद दर १३२.८४ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.४४ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४६.६२ रुपैयाँ रहेको छ भने बिक्री दर १४७.२८ रुपैयाँ रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५.४२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.५८ रुपैयाँ रहेको छ । त्यस्तै मलेसियन रिंगिट एकको खरिद दर २८.९१ रुपैयाँ रहेको छ भने बिक्री दर २९.०४ रुपैयाँ रहेको छ ।
प्रकाशित मिति: १६ पुष २०८०, सोमबार