Trending
>>   खुट्टाले टेकेर हिँड्नुपर्ने देशको अर्थतन्त्र टाउकाले टेकेको छः पूर्वराष्ट्रपति भण्डारी >>   संविधान संशोधन प्रक्रियामा सरकारले ‘सिन्को’ समेत भाँचेन, हामीले गाली खाइराख्नुपरेको छः महामन्त्री थापा >>   कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट विधेयक बहुमतले पारित, के छ नयाँ व्यवस्था ? >>   प्रहरीमा महिलाको संख्या २० प्रतिशत पुर्‍याउन गृहमन्त्रीको निर्देशन >>   भारत–चीनबीच भएको लिपुलेक सहमतिले तात्यो संसदः एक ठाउँमा उभिए सत्तापक्ष–प्रतिपक्ष >>   न्यायाधीश मल्लको आग्रहः महिला प्रहरीबाट सुरक्षा लिनुस् >>   शिक्षा समितिमा आउँदा मलाई विधेयक रोक्न आयो भनेर आरोप लगाइयोः श्याम घिमिरे >>   चलचित्र ‘जनै हराएको मान्छे’को प्रिमियर सम्पन्नः भावुक बने कलाकार >>   सरकारले संविधानको अपमान गरिरहेको छ : रास्वपा >>   घट्यो वैदेशिक सहायता : अघिल्लो आवको तुलनामा ०.४९ प्रतिशत कमि
Logo
५ भाद्र २०८२, शुक्रबार
५ भाद्र २०८२, शुक्रबार

मलेसियाको २ कम्पनीले ४ वर्षपछि बोलायो ६४ जना नेपालीलाई तलब लिन


काठमाडौं। मलेसियाको २ कम्पनीले ४ वर्षपछि ६४ जना नेपाली कामदारलाई तलब लिन बोलाएको छ । कोरोना बेला नेपाल आएका नेपालीहरूलाई कम्पनीले तलब लिन बोलाएको हो । मलेसियाको भेन्चर ग्रुप अन्तर्गत २ कम्पनीमा काम गर्ने ६४ जना नेपालीलाई तलब लिन बोलाएको हो ।

कोरोनाको कारण नेपाली कामदार तलब भुक्तानी बाँकी नै राखेर नेपाल आएका थिए भने ६४ जना नेपाली कोरोना महामारीको कारण पुनः मलेसिया काम गर्न जान पाएका थिएनन् । ती नेपालीले २०१४ देखि काम गर्दै आएका थिए ।

त्यसैगरी, मलेसियन कम्पनीले मलेसियास्थित नेपाली राजदूतावासलाई समन्वयका लागि अनुरोध गरेका थिए । कामदारलाई राहदानी नम्बर, सम्पर्क नम्बर, श्रमिकको हालको ठेगाना र श्रमिकको बैंकको खाता नम्बर सहित सम्पर्कमा आउन भनेको छ ।


प्रकाशित मिति: १५ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?