Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

मलेसियाको २ कम्पनीले ४ वर्षपछि बोलायो ६४ जना नेपालीलाई तलब लिन


काठमाडौं। मलेसियाको २ कम्पनीले ४ वर्षपछि ६४ जना नेपाली कामदारलाई तलब लिन बोलाएको छ । कोरोना बेला नेपाल आएका नेपालीहरूलाई कम्पनीले तलब लिन बोलाएको हो । मलेसियाको भेन्चर ग्रुप अन्तर्गत २ कम्पनीमा काम गर्ने ६४ जना नेपालीलाई तलब लिन बोलाएको हो ।

कोरोनाको कारण नेपाली कामदार तलब भुक्तानी बाँकी नै राखेर नेपाल आएका थिए भने ६४ जना नेपाली कोरोना महामारीको कारण पुनः मलेसिया काम गर्न जान पाएका थिएनन् । ती नेपालीले २०१४ देखि काम गर्दै आएका थिए ।

त्यसैगरी, मलेसियन कम्पनीले मलेसियास्थित नेपाली राजदूतावासलाई समन्वयका लागि अनुरोध गरेका थिए । कामदारलाई राहदानी नम्बर, सम्पर्क नम्बर, श्रमिकको हालको ठेगाना र श्रमिकको बैंकको खाता नम्बर सहित सम्पर्कमा आउन भनेको छ ।


प्रकाशित मिति: १५ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?