Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

बालकुमारी घटनाको विरोधमा सुर्खेतको वीरेन्द्रनगरमा प्रदर्शन र चक्काजाम


सुर्खेत । शुक्रबार ललितपुरको बालकुमारीमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको विरोधमा सुर्खेतको वीरेन्द्रनगरमा प्रदर्शन भएको छ ।

शुक्रबार ललितपुरको बालकुमारीमा भएको आन्दोलनका क्रममा दैलेखका २१ वर्षीय सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो । सोही घटनालाई लिएर शनिबारदेखि वीरेन्द्रनगर पनि युवाहरुले प्रर्दशन गरिएका छन् ।

त्यस्तै, पानीजहाज निर्माणको कामका लागि कोरियाली भाषा परीक्षामा सहभागी भएका, तर अनुतीर्ण भएकाहरुले उत्पादनमूलक कामका लागि हुने भाषा परीक्षाको पनि फारम भर्न जान पाउनुपर्ने माग गर्दै शुक्रबार बालकुमारीमा आन्दोलन गरेका थिए ।

युवा विद्रोह जनसंघर्ष समिति नामबाट वीरेन्द्रनगरमा प्रदर्शन, र्‍याली र चक्काजाम गरिएको छ भने वीरेन्द्रनगरको एरिचोकबाट र्‍यालीसहित मंगलगढी हुँदै वीरेन्द्रचोक पुगेका युवाहरुले एक घण्टा चक्काजाम गरेका थिए ।

उक्त आन्दोलनकारीले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको राजीनामा मागेका छन् भने मृतक युवाहरूलाई शहीद घोषणा गर्नुपर्ने र मृतकका परिवारको आजीवन सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने माग गरेका छन् ।

सो आन्दोलनकारीहरूले टायर बाल्ने र नाराबाजी पनि गरिरहेका छन् भने आन्दोलन भइरहेको ठाउँमा बाक्लो मात्रामा प्रहरी तैनाथ गरिएको छ । त्यस्तै, रत्न राजमार्ग अन्तर्गत एरिचोक–मंगलगढी चोकमा कुनैपनि सवारी साधन चल्न सकेका छैनन् भने युवाहरुले सोही ठाउँमा शनिबार पनि विरोध प्रर्दशन गरेका थिए ।


प्रकाशित मिति: १५ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?