Trending
>>   देशलाई सङ्कट पर्दा सबै एक ठाउँमा आएर निकास दिनु सबैको कर्तव्यः मन्त्री ठकुरी >>   नक्कली महानगरलाई सक्कली महानगर यातायातको चेतावनीः नाम र डिजाइन तत्काल हटाउनूस् >>   उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक सम्पन्न, असार दोस्रो साता पूर्ण बैठक बस्ने >>   नेपालमा सञ्चार क्षेत्र समावेशिताको उत्कृष्ट उदाहरणः मन्त्री गुरुङ >>   कर्मचारीहरूलाई असिमित अवधिसम्म कामकाजमा खटाउने कार्य बन्द हुने >>   पुल सुधार तथा मर्मत कार्यक्रमका लागि २० अर्ब ७९ करोड नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण… >>   बैंकमा निक्षेप बढेको बढ्यै, एकैदिन ९० अर्ब खिच्दै राष्ट्र बैंक >>   सुनचाँदी कारोबारलाई नियमन गर्ने सरकारी निकाय छैनः अध्यक्ष महर्जन >>   असार ५ गते काँग्रेसका केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरु बन्द हुने >>   एमाले नेतृत्वको सामर्थ्यमा प्रश्न छैन तर कार्यकर्तामा उत्साहको कमी देखिन्छः अर्थमन्त्री पौडेल
Logo
४ असार २०८२, बुधबार
४ असार २०८२, बुधबार

गेटा मेडिकल कलेजमा ३ सय शय्याको अस्पताल सञ्चालन गर्छौं : स्वास्थ्यमन्त्री बस्नेत


धनगढी। स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले गेटामा तीन सय शय्याको अस्पताल सञ्चालन गर्ने र त्यसपछि मात्र मेडिकल विश्वविद्यालयको प्रक्रिया अघि बढाउने बताएका छन् । उनले गेटामा मेडिकल कलेज सञ्चालन भएपछि जनशक्ति उत्पादनमा भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।

‘गेटामा तीन सय शय्याको अस्पताल सञ्चालन गर्ने कुरामा हामी लागिपरेका छौँ । त्यसका लागि जनशक्ति व्यवस्थापनको पक्ष चुनौतीपूर्ण देखिएको छ’, बस्नेतले भने, ‘अस्पताल सञ्चालनमा ल्याएपछि बल्ल मेडिकल विश्वविद्यालयको काम अघि बढाउन सकिन्छ ।’

आइतबार गेटा मेडिकल कलेजको स्थलगत निरीक्षणमा आएका उनले पहिले ३०० शय्याको अस्पताल सञ्चालन गर्ने बताए । उक्त अस्पताल सञ्चालनमा आएपछि मात्र मेडिकल शिक्षा अध्ययनको काम सम्भव रहेको उनको भनाइ रहेको थियो ।

मन्त्री बस्नेतले सुदूरपश्चिम प्रदेशमा चिकित्सक आउन नमान्ने हुनाले जनशक्ति व्यवस्थापन गर्न कठिन भएको समेत बताएका छन् । कर्णाली प्रदेशमा तलबका अतिरिक्त भत्ता पाउने भएकाले चिकित्सक जान तयार भएपनि सुदूरपश्चिम आउन नमान्ने गरेको उनको भनाइ रहेको थियो ।


प्रकाशित मिति: १५ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?