Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

गेटा मेडिकल कलेजमा ३ सय शय्याको अस्पताल सञ्चालन गर्छौं : स्वास्थ्यमन्त्री बस्नेत


धनगढी। स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले गेटामा तीन सय शय्याको अस्पताल सञ्चालन गर्ने र त्यसपछि मात्र मेडिकल विश्वविद्यालयको प्रक्रिया अघि बढाउने बताएका छन् । उनले गेटामा मेडिकल कलेज सञ्चालन भएपछि जनशक्ति उत्पादनमा भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।

‘गेटामा तीन सय शय्याको अस्पताल सञ्चालन गर्ने कुरामा हामी लागिपरेका छौँ । त्यसका लागि जनशक्ति व्यवस्थापनको पक्ष चुनौतीपूर्ण देखिएको छ’, बस्नेतले भने, ‘अस्पताल सञ्चालनमा ल्याएपछि बल्ल मेडिकल विश्वविद्यालयको काम अघि बढाउन सकिन्छ ।’

आइतबार गेटा मेडिकल कलेजको स्थलगत निरीक्षणमा आएका उनले पहिले ३०० शय्याको अस्पताल सञ्चालन गर्ने बताए । उक्त अस्पताल सञ्चालनमा आएपछि मात्र मेडिकल शिक्षा अध्ययनको काम सम्भव रहेको उनको भनाइ रहेको थियो ।

मन्त्री बस्नेतले सुदूरपश्चिम प्रदेशमा चिकित्सक आउन नमान्ने हुनाले जनशक्ति व्यवस्थापन गर्न कठिन भएको समेत बताएका छन् । कर्णाली प्रदेशमा तलबका अतिरिक्त भत्ता पाउने भएकाले चिकित्सक जान तयार भएपनि सुदूरपश्चिम आउन नमान्ने गरेको उनको भनाइ रहेको थियो ।


प्रकाशित मिति: १५ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?