Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

परराष्ट्रमन्त्री आफैं युद्धग्रस्त इजरायल पुगेर गरेकाे उद्धार साहसिकः कांग्रेस (केन्द्रीय कार्यसमिति बैठकका निर्णयहरु सहित)


काठमाडाैं । सत्तारुढ नेपाली कांग्रेसले परराष्ट्रमन्त्री एनपी साउद नेपाली ध्वजावाहक विमान लिएर आफैं युद्धग्रस्त मुलुक इजरायलको भूमिमा पुगेर सफलताका साथ उद्धार गर्ने साहसिक कार्यले अन्तर्राष्ट्रिय जगतमा नेपालको साख वृद्धि भएको जनाएको छ।

पुस १२ देखि १४ गतेसम्म बसेको केन्द्रीय कार्यसमिति बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्न आज –आइतबार) पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनपछि जारी प्रेस विज्ञप्तिमा परराष्ट्रमन्त्री साउदको इजरायली भूमिमा पुगेर सफलताका साथ उद्धार गर्ने साहसिक कार्यले नेपाली जनतामा गौरव महसुस गराएको पनि उल्लेख छ।

‘हमास इजरायल युद्धमा हमासको आक्रमणमा परि ज्यान गुमाएका नेपाली नागरिकको शव स्वदेश ल्याउने तथा विपतमा परेका सयौं नेपाली विद्यार्थीहरूको उद्धारका लागि नेपालका परराष्ट्र मन्त्री नेपाली ध्वजावाहक विमान लिएर आफैं युद्धग्रस्त मुलुकको भूमिमा पुगेर सफताका साथ उद्धार गर्ने साहसिक कार्यले नेपाली जनतामा गौरव महसूस गराएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘अन्तर्राष्ट्रिय जगतमा नेपालको साख वृद्धि भएको छ।’

कांग्रेसले पार्टीका तर्फबाट साउदले परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेपछि नेपालको परराष्ट्र सम्बन्धमा उल्लेख्य प्रगति भएको पनि जनाएको छ। संयुक्त राष्ट्र संघका महासचिवको नेपाल भ्रमण सम्पन्न हुनु र नेपाली कामदार भएका मुलुकमा नेपाली राजदूतावास खोल्ने कार्य आफैंमा प्रशंसनीय कार्य भएको कांग्रेसको ठहर छ।
कांग्रेसले इजरायलमा अध्ययनरत नेपाली विद्यार्थी विपिन जोशीको यथाशीघ्र रिहाई गर्न र रूस–युक्रेन युद्धमा रूसी सेनामा भर्ना भइ युद्धकै क्रममा निधन भएका नेपाली नागरिकको शव खोजी गरी स्वदेश ल्याउने विषयमा थप कुटनैतिक पहल गर्नु पर्ने आवश्यकता पनि औैैैैैैैंल्याएको छ।

CWC Meeting, 2080.09.15 detail

 


प्रकाशित मिति: १५ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?