Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

देउखुरीको राप्ती नदीमा र्‍याफ्टिङ परीक्षण सफल


काठमाडौं। लुम्बिनी प्रदेशको राजधानी क्षेत्र दाङ देउखुरीमा रहेको राप्ती नदीमा र्‍याफ्टिङ सञ्चालनका लागि गरिएको परीक्षण सफल भएको छ ।

त्यस्तै, गढवा गाउँपालिका र राप्ती गाउँपालिकाले गत शुक्रबारदेखि दुई दिनसम्म गरेको परीक्षण सफल भएको पालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिएका छन् । उक्त र्‍याफ्टिङ सञ्चालनको अध्ययन तथा परीक्षण कर्णाली र्‍याफ्टिङ एण्ड एण्डभेन्चर प्रालिका प्रबन्ध निर्देशक तथा सञ्चालक देवराज जैसी नेतृत्वको टोलीले गरेको थियो ।

त्यसैगरी, गढवा गाउँपालिका, राप्ती गाउँपालिका र शितगंगा नगरपालिकाको सिमाना भालुबाङको पुल्चोकदेखि सिसहनिया-महदेवा जोड्ने पुलसम्म राप्ती नदीको करिब १५ किलोमिटर क्षेत्रमा र्‍याफ्टिङ परीक्षण गरिएको थियो । नेपालका पश्चिमी भूभागमा पर्ने प्राय सबै नदीहरूमा र्‍याफ्टिङको अध्ययन गरी सञ्चालन समेत गरेका जैशीले राप्ती नदीको भालुबाङदेखि सिसहनिया पुलसम्म ९ महिनासम्मै र्‍याफ्टिङ सञ्चालन गर्न सकिने बताएका छन् ।

परीक्षणको क्रममा लुम्बिनी प्रदेश सांसद इन्द्रजित चौधरी, गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट लगायतले र्‍याफ्टिङ चढेका थिए ।


प्रकाशित मिति: १५ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?