Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

प्रधानमन्त्री कप क्रिकेटः कोशी प्रदेशलाई एक सय ४० रनको लक्ष्य


काठमाडौं। प्रधानमन्त्री कप महिला टि २० राष्ट्रिय प्रतियोगिताको पहिलो छनोट खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले कोशी प्रदेशलाई फाइनलमा पुग्नका लागि एक सय ४० रनको बलियो लक्ष्य दिएको छ ।

त्यस्तै, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा एपिएफका कप्तान सीता रानामगर र इन्दु बर्माको उत्कृष्ट ब्याटिङमा निर्धारित २० ओभरमा दुई विकेटको क्षतिमा एक सय ३९ रन बनायो । उसका लागि इन्दु बर्माले सर्वाधिक ५६ रनको योगदान दिइन । उनी ५० बलमा तीन चौका र एक छक्का प्रहार गरिन ।

त्यस्तै सीता रानामगरले ३७ बलमा तीन चौका र दुई छक्कासहित ४५ रनमा रन जोडिन भने रोमा थापाले १८ रन जोड्दा ज्योति पाण्डेले १२ रन बनाइन ।कोशी प्रदेशका लागि कप्तान रुविना क्षेत्रीले एक विकेट लिइन् ।

विजेता टोली फाइनल खेल्नेछ भने पराजित हुने टोलीले एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ ।


प्रकाशित मिति: १५ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?