Trending
>>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

गुटका नाममा आफैँमा बाझ्ने काम नगरौँ :  डा. आरजू राणा


काठमाडौं। नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजू राणा देउवाले पार्टीभित्र गुटका नाममा आफैमा बाझ्ने काम नगर्न नेताहरूलाई अनुरोध गरेकी छन् ।

सो प्रदेशहरूमा भइरहेका पार्टीका कार्यक्रममा देखिएको विवादतर्फ संकेत गर्दै केन्द्रीय सदस्य देउवाले भनिन्, ‘हामी पटक पटक जनतामाझ गएर विभिन्न कार्यक्रम गरिरहेका छौँ । कहिले कहिले कार्यक्रम गर्दा अफ्ठेरो पर्न आएको सुन्नमा आयो,तर यो घरभित्रकै अफ्ठेरो भएकाले बसेर सुल्झाउन सकिन्छ । जति पनि पार्टीका सिनियर नेताहरू हुनुहुन्छ, हाम्रो लागि एकदमै महत्त्वपूर्ण हुनुहुन्छ ।’

नेतृ देउवाले नेताहरू आफैँमा बाझ्दा पार्टीलाई क्षति भइरहेको बताइन् । ‘हामी कांग्रेसमा रहेर बाहिर इम्प्रेसन दिन्छौँ कि हामी बाझेको बाझ्यौ हुन्छौँ, त्यो राम्रो इम्प्रेसन होइन, भोट हाम्रै काटिन्छ’, उनले भनिन्, ‘कोही न कोही विभिन्न गुटको नेता होला, तर जहिले पनि आफैमा बाझ्ने पार्टी भनेर सबैतिर भोट काटिदिरहेको हुन्छ, त्यसकारण त्यसो नगरिदिनुस् । तपाईँहरू आपसमा कार्यसमितिमा बस्नुस् र निष्कर्षमा पुग्नुस् ।’

उक्त केन्द्रीय सदस्य देउवाले बालकुमारी घटनाको जिम्मेवार दलहरू नै रहेको बताइन् । मारिएका युवाको घरायसी अवस्था र जाँच दिन नपाउँदै ज्यान गुमाउनुपरेको अवस्थाले आफू दुःखी भएको भन्दै उनले सरकार गम्भीर बन्नुपर्ने बताइन् । जहिले पनि केही हुँदैन भनेर निराशाको भाष्य बनाउने भन्दा आशा जगाउने काम गर्नुपर्ने उनको भनाइ रहेको थियो ।

सांसद देउवाले विधेयकहरूमा संशोधन हाल्दा पार्टीको नीति र संविधान अनुरूप हाल्न सांसदहरूलाई सुझाव समेत दिइन् ।


प्रकाशित मिति: १५ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?