Trending
>>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा >>   सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन >>   अमेरिकी सेनाद्वारा भेनेजुएलाको तटमा दोस्रो तेल ट्याङ्कर कब्जा >>   प्रधानमन्त्री कार्की र लामिछानेबीच भेटवार्ता: निर्वाचनको सुनिश्चितता र ‘जेन-जी’ को माग सम्बोधन गर्न आग्रह >>   फागुन २१ मा निर्वाचन अनिवार्य, संवैधानिक राजसंस्थाले केही फरक पर्दैनः गगन थापा >>   जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं >>   बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन >>   योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

गुटका नाममा आफैँमा बाझ्ने काम नगरौँ :  डा. आरजू राणा


काठमाडौं। नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजू राणा देउवाले पार्टीभित्र गुटका नाममा आफैमा बाझ्ने काम नगर्न नेताहरूलाई अनुरोध गरेकी छन् ।

सो प्रदेशहरूमा भइरहेका पार्टीका कार्यक्रममा देखिएको विवादतर्फ संकेत गर्दै केन्द्रीय सदस्य देउवाले भनिन्, ‘हामी पटक पटक जनतामाझ गएर विभिन्न कार्यक्रम गरिरहेका छौँ । कहिले कहिले कार्यक्रम गर्दा अफ्ठेरो पर्न आएको सुन्नमा आयो,तर यो घरभित्रकै अफ्ठेरो भएकाले बसेर सुल्झाउन सकिन्छ । जति पनि पार्टीका सिनियर नेताहरू हुनुहुन्छ, हाम्रो लागि एकदमै महत्त्वपूर्ण हुनुहुन्छ ।’

नेतृ देउवाले नेताहरू आफैँमा बाझ्दा पार्टीलाई क्षति भइरहेको बताइन् । ‘हामी कांग्रेसमा रहेर बाहिर इम्प्रेसन दिन्छौँ कि हामी बाझेको बाझ्यौ हुन्छौँ, त्यो राम्रो इम्प्रेसन होइन, भोट हाम्रै काटिन्छ’, उनले भनिन्, ‘कोही न कोही विभिन्न गुटको नेता होला, तर जहिले पनि आफैमा बाझ्ने पार्टी भनेर सबैतिर भोट काटिदिरहेको हुन्छ, त्यसकारण त्यसो नगरिदिनुस् । तपाईँहरू आपसमा कार्यसमितिमा बस्नुस् र निष्कर्षमा पुग्नुस् ।’

उक्त केन्द्रीय सदस्य देउवाले बालकुमारी घटनाको जिम्मेवार दलहरू नै रहेको बताइन् । मारिएका युवाको घरायसी अवस्था र जाँच दिन नपाउँदै ज्यान गुमाउनुपरेको अवस्थाले आफू दुःखी भएको भन्दै उनले सरकार गम्भीर बन्नुपर्ने बताइन् । जहिले पनि केही हुँदैन भनेर निराशाको भाष्य बनाउने भन्दा आशा जगाउने काम गर्नुपर्ने उनको भनाइ रहेको थियो ।

सांसद देउवाले विधेयकहरूमा संशोधन हाल्दा पार्टीको नीति र संविधान अनुरूप हाल्न सांसदहरूलाई सुझाव समेत दिइन् ।


प्रकाशित मिति: १५ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?