Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

रुसी सहरमा युक्रेनको हमलाः २० जनाको मृत्यु, १०० भन्दा बढी घाइते


काठमाडौं। रुसमा हवाई हमला हुँदा २० जनाको मृत्यु भएको छ भने १०० जना घाइते भएका छन् । यो आक्रमण युक्रेनले गरेको आरोप रुसले लगाएको छ । रुसको दक्षिण-पश्चिम क्षेत्रमा पर्ने सिमावर्ती शहर बेलगोरोडमा शनिबार हवाई हमला भएको थियो भने सो आक्रमणबाट तीन बालबालिकासहित २० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

यसअघि गत शुक्रबार रुसले युक्रेनमा आक्रमण गर्दा ३९ जनाको ज्यान गएको थियो । त्यसैको जवाफ स्वरुप युक्रेनले रुसमा आक्रमण गरेको बताइएको छ । बीबीसीका अनुसार रुस-युक्रेन युद्धको क्रममा रुसमा भएको यो मिसाइल आक्रमण सबैभन्दा खतरनाक हो । युक्रेनले अनेकौं प्रकारका हतियार प्रयोग गरेर आक्रमण गरेको आरोप रुसले लगाएको छ । त्यसमा युक्रेनी ओल्खा र चेक निर्मित भ्याम्पायर रकेट पनि प्रयोग भएको बताइएको छ ।

युक्रेनले भने रुसले गरेको आक्रमणको प्रतिक्रिया स्वरुप रुसी क्षेत्रमा ७०भन्दा बढी ड्रोन लन्च गरिएको जनाएको छ । युक्रेनले ड्रोन आक्रमण गरेपछि बेलगोरोडमा ठूलो आवाजका साथ विष्फोट भएको थियो भने गाडीहरुका हर्न अस्वाभाविक ढङ्गले बजेको पनि सुनिएको थियो ।

त्यस्तै, बेलगोरोड क्षेत्रका गभर्नरले युक्रेनी सेनाको आक्रमण पछिल्लो दुई वर्षयताकै सबैभन्दा गम्भीर खालको भएको बताएका छन् । रुसी रक्षा मन्त्रालयले भने युक्रेनले किभ मोर्चामा खटिएका रुसी सेनाको ध्यान अन्यत्र मोड्न र उक्साउन खोजेको टिप्पणी गरेको छ । उसले युक्रेनको आक्रमण सैह्य नहुने प्रतिक्रियासमेत दिएको छ ।


प्रकाशित मिति: १५ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?