Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

धरानमा कविशिरोमणिको जन्मजयन्ती


धरान। कविशिरोमणि लेखनाथ पौड्यालको १४०औँ जन्मजयन्तीका अवसरमा धरान उपमहानगरपालिका–१६ स्थित लेखनाथ चोकमा रहेको कविशिरोमणि पौडेलको शालिकमा माल्यार्पण गरेर कविवरको जन्मजयन्ती मनाइएको छ ।

कविशिरोमणि साहित्य साधना समाजको आयोजनामा भएको कार्यक्रम कोशी प्रदेशका पूर्वप्रमुख प्रा.डा गोविन्द सुब्बा तुम्बाहाङ्को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । नेपाली साहित्यको श्रीवृद्धिमा कवि पौड्यालले अतुलनीय योगदान गर्नुभएको उल्लेख गर्दै उनले कविवरको योगदान युवा पुस्ताले बिर्सन नहुने बताए ।

उक्त कार्यक्रमका अतिथि प्रा.डा टङ्कप्रसाद न्यौपानेले कविशिरोमणि पौड्याल जीवनकालमै रथयात्रा गरिएका पहिलो साहित्यकार हुन् भने । त्यस्तै अर्का अतिथि प्रा.डा गोपाल भण्डारीले नेपाली साहित्याकासका उज्ज्वल नक्षत्र पौडेलले अमर कृति एवं सार्वकालिक रचनाका कारण कविशिरोमणिको उपाधि पाएको बर्ताका छन् । उनका कवितामा मानव जीवनका विविध पक्ष समेटिएको उनले बताए ।

एक्त कार्यक्रममा प्रा.डा खेम दाहाल, प्रा.डा वंशीधर कट्टेलले कविशिरोमणिका विविध रचना वाचन गरेका थिए । सो आयोजक संस्थाका अध्यक्ष सिद्धिकर्ण शर्माले हरेक वर्ष लेखनाथको सम्झनामा उनको योगदानको चर्चा गर्दै जन्मजयन्ती मनाउने गरिएको बताए ।

त्यस्तै, जन्मजयन्तीकै अवसरमा आगामी माघमा कविता प्रतियोगिता आयोजना गरिएको उनले जानकारी दिएका छन् ।

 


प्रकाशित मिति: १५ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?