Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

राष्ट्रिय सभा सदस्यको उम्मेदवार छान्न कांंग्रेसले बनायो मापदण्ड


काठमाडौं। नेपाली कांंग्रेसले राष्ट्रिय सभा सदस्यको उम्मेदवार चयनका लागि मापदण्ड बनाएको छ ।

बिहीबार सुरु भएर हिजो सकिएको केन्द्रीय कार्यसमितिको बैठकले अहिलेसम्म अवसर नपाएका, पार्टीमा लामो समयसम्म काम गरेका तर पटक पटक छुटेका व्यक्ति, समुदाय तथा भूगोललाई प्राथमिकता दिने गरी मापदण्ड बनाउने निर्णय गरेको एक नेताले जानकारी दिएका छन् ।

‘बैठकले मुख्य नौ वटा निर्णय गरेको छ । यसमा समसामयिक राजनीतिक विषयमा राष्ट्रिय सभाको उम्मेदवार कस्तो व्यक्तिलाई छनोट गर्ने भन्ने एउटा निश्चित मापदण्ड तोकेको छ भने अहिलेसम्म अवसर नपाएका, पार्टीमा लामो समयसम्म काम गरेका तर पटक पटक छुटेका व्यक्ति, समुदाय र भूगोललाई समेट्ने गरी प्राथमिकता दिने निर्णय छ’

उक्त बैठकले पार्टीको महासमिति बैठक फागुन ७ देखि १० गतेसम्म गर्ने भनी यसअघि कार्यसम्पादन समितिले गरेको निर्णय पनि अनुमोदन गरेको छ । त्यस्तै माघ ७ देखि २२ गतेसम्म समुदायमा काँग्रेस कार्यक्रम सञ्चालन गर्ने, जाजरकोट र रुकुम पश्चिममा भूकम्प पीडितका लागि अस्थायी आवास बनाउन खटिने कनेता कार्यकर्तालाई धन्यवाद दिने निर्णय पनि गरेको एक नेताले बताए ।

कांग्रेसले शुक्रबार ललितपुरको बालकुमारीमा दुई युवकको ज्यान जाने गरी भएको घटनाको सत्य तथ्य छानबिन गर्न र मृतक परिवारलाई राहत तथा घाइतेको उपचार गर्न सरकारसँग माग गरेको छ । ‘कसको पक्षबाट कमजोरी भएको हो, सरकारले गठन गरेको समितिबाट सत्य तथ्य छानबिन गरी मृतक परिवारलाई क्षतिपूर्ति दिने कुरा, घाइतेहरूको उपचार र परिवारजनमा परेको जुन क्षति छ त्यसमा राज्यको तर्फबाट विशेष निर्णय गर्नका लागि माग गरेको छ’,

कांग्रेसले केन्द्रीय समितिको निर्णय आज (आइतबार) पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने बताएको छ ।


प्रकाशित मिति: १५ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?