Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२३ माघ २०८२, शुक्रबार
२३ माघ २०८२, शुक्रबार

राष्ट्रिय सभा सदस्यको उम्मेदवार छान्न कांंग्रेसले बनायो मापदण्ड


काठमाडौं। नेपाली कांंग्रेसले राष्ट्रिय सभा सदस्यको उम्मेदवार चयनका लागि मापदण्ड बनाएको छ ।

बिहीबार सुरु भएर हिजो सकिएको केन्द्रीय कार्यसमितिको बैठकले अहिलेसम्म अवसर नपाएका, पार्टीमा लामो समयसम्म काम गरेका तर पटक पटक छुटेका व्यक्ति, समुदाय तथा भूगोललाई प्राथमिकता दिने गरी मापदण्ड बनाउने निर्णय गरेको एक नेताले जानकारी दिएका छन् ।

‘बैठकले मुख्य नौ वटा निर्णय गरेको छ । यसमा समसामयिक राजनीतिक विषयमा राष्ट्रिय सभाको उम्मेदवार कस्तो व्यक्तिलाई छनोट गर्ने भन्ने एउटा निश्चित मापदण्ड तोकेको छ भने अहिलेसम्म अवसर नपाएका, पार्टीमा लामो समयसम्म काम गरेका तर पटक पटक छुटेका व्यक्ति, समुदाय र भूगोललाई समेट्ने गरी प्राथमिकता दिने निर्णय छ’

उक्त बैठकले पार्टीको महासमिति बैठक फागुन ७ देखि १० गतेसम्म गर्ने भनी यसअघि कार्यसम्पादन समितिले गरेको निर्णय पनि अनुमोदन गरेको छ । त्यस्तै माघ ७ देखि २२ गतेसम्म समुदायमा काँग्रेस कार्यक्रम सञ्चालन गर्ने, जाजरकोट र रुकुम पश्चिममा भूकम्प पीडितका लागि अस्थायी आवास बनाउन खटिने कनेता कार्यकर्तालाई धन्यवाद दिने निर्णय पनि गरेको एक नेताले बताए ।

कांग्रेसले शुक्रबार ललितपुरको बालकुमारीमा दुई युवकको ज्यान जाने गरी भएको घटनाको सत्य तथ्य छानबिन गर्न र मृतक परिवारलाई राहत तथा घाइतेको उपचार गर्न सरकारसँग माग गरेको छ । ‘कसको पक्षबाट कमजोरी भएको हो, सरकारले गठन गरेको समितिबाट सत्य तथ्य छानबिन गरी मृतक परिवारलाई क्षतिपूर्ति दिने कुरा, घाइतेहरूको उपचार र परिवारजनमा परेको जुन क्षति छ त्यसमा राज्यको तर्फबाट विशेष निर्णय गर्नका लागि माग गरेको छ’,

कांग्रेसले केन्द्रीय समितिको निर्णय आज (आइतबार) पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने बताएको छ ।


प्रकाशित मिति: १५ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?