Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

मन्त्रीको गाडीमा आगजनीपछि अवरुद्ध बालकुमारी सडक सञ्चालनमा


काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढेको गाडीमा आगजनी भएपछि अवरुद्ध ग्वार्को(कोटेश्वर सडक सञ्चालनमा आएको छ।

रोजगार अनुमति प्रणाली (इपिएस) लाई लिएर आन्दोलन गरिरहेकाहरूले दिउँसो करिब १ बजे बालकुमारीमा सडकमै मन्त्री ज्वाला चढ्ने बा २ झ ५८६१ नम्बरको सरकारी गाडीमा आगजनी गरेपछि स्थिति तनावग्रस्त बनेको थियो । अहिले स्थिति सामान्य अवस्थामा आएको र सडकमा सवारी साधनको आवतजावत पनि सामान्य बनेको प्रहरीले जनाएको छ ।

मन्त्रीको गाडीमा आगजनी गर्ने ५४ जना भन्दा बढी व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने सो आगजनी भएपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्याँस र गोली चलाएको थियो। उक्त घटनामा एक जनाको मृत्यु समेत भएको छ।

 


प्रकाशित मिति: १३ पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?