Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

काठमाडौंको एयरपोर्ट जतिसुकै बनाए पनि परिणाम दिँदैन : मन्त्री किराती


काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जतिसुकै ठुलो बनाए पनि त्यसले परिणाम दिन नसक्ने बताएका छन् ।

शुक्रवार प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा नेपालका विमानस्थलको अवस्थाबारे जानकारी दिँदै यस्तो बताएका हुन् ।

‘निजगढको पनि प्रक्रिया अघि बढेको छ । योसहित अब हामी काठमाडौंसहित पोखरा, भैरहवा र निजगढ विमानस्थललाई पीपीपी मोडलमा अगाडि बढाउनुपर्छ र जरुरी छ’, उनले भने, ‘पुरानो राष्ट्रवादको रक्सी पिएर मातेर बस्नु हुँदैन । आजको राष्ट्रवादको जगमा उभिएर बैरी र अभावको अन्य गर्नुपर्छ, नुनपानी र रोटीको ग्यारेन्टी गर्नुपर्ने राष्ट्रवाद हामीलाई चाहिएको छ ।’

‘अब काठमाडौंको एयरपोर्ट बनाउनु र ९० वर्षकी आमालाई लिपिस्टिक पाउडर लगाएर राम्री बनाउनु उस्तै उस्तै हो’, मन्त्री किरातीले भने, ‘त्यसकारण यसको विकल्प हामीले खोज्नै पर्छ । यसको विकल्प भनेको निजगढ विमानस्थल नै हो ।’

उनले निजगढ विमानस्थल कसरी अघि बढाउने भन्ने विषयमा पहिलादेखि नै छलफल हुँदै आए पनि बिचमा अदालतको आदेशका कारण स्थगन भए पनि अहिले प्रक्रिया सुरु भएको बताएका छन् ।

 

 


प्रकाशित मिति: १३ पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?