Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

काठमाडौंको एयरपोर्ट जतिसुकै बनाए पनि परिणाम दिँदैन : मन्त्री किराती


काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जतिसुकै ठुलो बनाए पनि त्यसले परिणाम दिन नसक्ने बताएका छन् ।

शुक्रवार प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा नेपालका विमानस्थलको अवस्थाबारे जानकारी दिँदै यस्तो बताएका हुन् ।

‘निजगढको पनि प्रक्रिया अघि बढेको छ । योसहित अब हामी काठमाडौंसहित पोखरा, भैरहवा र निजगढ विमानस्थललाई पीपीपी मोडलमा अगाडि बढाउनुपर्छ र जरुरी छ’, उनले भने, ‘पुरानो राष्ट्रवादको रक्सी पिएर मातेर बस्नु हुँदैन । आजको राष्ट्रवादको जगमा उभिएर बैरी र अभावको अन्य गर्नुपर्छ, नुनपानी र रोटीको ग्यारेन्टी गर्नुपर्ने राष्ट्रवाद हामीलाई चाहिएको छ ।’

‘अब काठमाडौंको एयरपोर्ट बनाउनु र ९० वर्षकी आमालाई लिपिस्टिक पाउडर लगाएर राम्री बनाउनु उस्तै उस्तै हो’, मन्त्री किरातीले भने, ‘त्यसकारण यसको विकल्प हामीले खोज्नै पर्छ । यसको विकल्प भनेको निजगढ विमानस्थल नै हो ।’

उनले निजगढ विमानस्थल कसरी अघि बढाउने भन्ने विषयमा पहिलादेखि नै छलफल हुँदै आए पनि बिचमा अदालतको आदेशका कारण स्थगन भए पनि अहिले प्रक्रिया सुरु भएको बताएका छन् ।

 

 


प्रकाशित मिति: १३ पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?