Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

रास्वपाद्वारा सहकारी र लघुवित्तका समस्या र समाधान पहिल्याउन कार्यदल गठन


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले सहकारी र लघुवित्तका समस्या र समाधान पहिल्याउन अध्ययन कार्यदल बनाएको छ । उक्त पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा कार्यदल बनाइएको छ । वाग्ले रास्वपाका अर्थ नीति विभाग प्रमुख समेत हुन् ।

त्यस्तै, सहकारी र लघुवित्तका समस्या समाधानका लागि सरकारलाई प्रतिवेदन बुझाउने गरी कार्यदल बनाउने प्रस्ताव महोत्तरी बैठकमा सभापति रवि लामिछानेले गरेका थिए ।

वाग्लेको नेतृत्वमा कार्यदल गठन गरिएको सहमहामन्त्री रमेश प्रसाईँले सार्वजनिक गरेका हुन् भने चितवन-२ मा आयोजित सार्वजनिक सुनुवाइमा सह प्रवक्ता प्रसाईँले सहकारी र लघुवित्त पीडितका समस्या र समाधानका उपाय सुझाउने गरी कार्यदल गठन गरिएको जानकारी दिएका छन् ।


प्रकाशित मिति: १३ पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?