Trending
>>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

वन्यजन्तु तथा वन पैदावार चोरी निकासी नियन्त्रण गर्न अन्तरक्रिया


डोटी। वन्यजन्तु तथा वन पैदावार चोरी निकासीमा नियन्त्रण गर्न जिल्लाका सरोकारवाला निकायहरूबीच अन्तरक्रिया गरिएको छ ।

उक्त अन्तरक्रिया कार्यक्रममा वन्यजन्तु नियन्त्रण आदेश २०८० बमोजिम डोटी जिल्लामा वन्यजन्तु अपराध नियन्त्रण एकाइको संरचना, वन्य जन्तु तथा बन पैदावार चोरी निकासी नियन्त्रणका विषयमा छलफल भएको निमित्त वरिष्ठ संरक्षण अधिकृत पौडेलले बताए ।

खप्तड राष्ट्रिय निकुञ्ज बाजुराले गत मङ्गलवार सेक्टर कार्यालय झिग्राना डोटीमा आयोजना गरेको जिल्ला स्तरमा हुन सक्ने वन्यजन्तु तथा बन पैदावार चोरी निकासी नियन्त्रण सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले वन्यजन्तु तथा बन पैदावार चोरी निकासीमा निगरानी बढाउन जोड दिएको खप्तड राष्ट्रिय निकुञ्ज बाजुराका निमित्त वरिष्ठ संरक्षण अधिकृत सरोज मणि पौडेलले बताए ।

त्यस्तै, डोटी जिल्लामा हुन सक्ने वन्यजन्तु तथा वन पैदावार चोरिनिकासी नियन्त्रण गर्न एकाइ अन्तर्गत का सदस्यहरू बिच आपसी समन्वय ,सहकार्य र सूचना आदान प्रदान गर्न आवश्यक रहेको डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले बताए ।

सो कार्यक्रमका सहभागीहरूले डोटी जिल्लामा वन्य जन्तु तथा बन पैदावारको चोरी निकासी नियन्त्रण गर्न निगरानी बढाउनुका साथै छड्के अनुगमनको कार्यलाई समेत प्राथमिकता दिनुपर्ने बताएका थिए ।

अन्तरक्रिया कार्यक्रममा डोटीका प्रमुख जिल्ला अधिकारी, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति प्रतिनिधि, जिल्ला न्यायाधीश सुरक्षा निकाएका प्रमुख, डोटीको सायल र पुर्विचौकी गाउँपालिकाका प्रतिनिधि लगायत सरोकारवाला निकायहरूको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: १३ पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?