Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

वन्यजन्तु तथा वन पैदावार चोरी निकासी नियन्त्रण गर्न अन्तरक्रिया


डोटी। वन्यजन्तु तथा वन पैदावार चोरी निकासीमा नियन्त्रण गर्न जिल्लाका सरोकारवाला निकायहरूबीच अन्तरक्रिया गरिएको छ ।

उक्त अन्तरक्रिया कार्यक्रममा वन्यजन्तु नियन्त्रण आदेश २०८० बमोजिम डोटी जिल्लामा वन्यजन्तु अपराध नियन्त्रण एकाइको संरचना, वन्य जन्तु तथा बन पैदावार चोरी निकासी नियन्त्रणका विषयमा छलफल भएको निमित्त वरिष्ठ संरक्षण अधिकृत पौडेलले बताए ।

खप्तड राष्ट्रिय निकुञ्ज बाजुराले गत मङ्गलवार सेक्टर कार्यालय झिग्राना डोटीमा आयोजना गरेको जिल्ला स्तरमा हुन सक्ने वन्यजन्तु तथा बन पैदावार चोरी निकासी नियन्त्रण सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले वन्यजन्तु तथा बन पैदावार चोरी निकासीमा निगरानी बढाउन जोड दिएको खप्तड राष्ट्रिय निकुञ्ज बाजुराका निमित्त वरिष्ठ संरक्षण अधिकृत सरोज मणि पौडेलले बताए ।

त्यस्तै, डोटी जिल्लामा हुन सक्ने वन्यजन्तु तथा वन पैदावार चोरिनिकासी नियन्त्रण गर्न एकाइ अन्तर्गत का सदस्यहरू बिच आपसी समन्वय ,सहकार्य र सूचना आदान प्रदान गर्न आवश्यक रहेको डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले बताए ।

सो कार्यक्रमका सहभागीहरूले डोटी जिल्लामा वन्य जन्तु तथा बन पैदावारको चोरी निकासी नियन्त्रण गर्न निगरानी बढाउनुका साथै छड्के अनुगमनको कार्यलाई समेत प्राथमिकता दिनुपर्ने बताएका थिए ।

अन्तरक्रिया कार्यक्रममा डोटीका प्रमुख जिल्ला अधिकारी, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति प्रतिनिधि, जिल्ला न्यायाधीश सुरक्षा निकाएका प्रमुख, डोटीको सायल र पुर्विचौकी गाउँपालिकाका प्रतिनिधि लगायत सरोकारवाला निकायहरूको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: १३ पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?