Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्टमा भारतको लज्जास्पद हार


काठमाडौं। दक्षिण अफ्रिकाविरुद्धको दुई खेलको टेस्ट सिरिजको पहिलो खेलमा भारतले लज्जास्पद हार व्यहोरेको छ । त्यस्तै, दक्षिण अफ्रिकाले दोस्रो इनिङमा बनाएको ४०८ रन दुई इनिङमा पनि बनाउन नसकेपछि भारत एक इनिङ र ३२ रनले पराजित भएको हो ।

दक्षिण अफ्रिकाको सेन्चुरियनस्थित सुपरस्पोर्ट्स पार्कमा टस हारेर ब्याटिङमा तानिएको भारतले पहिलो इनिङमा ६७.४ ओभरमा २४५ रन बनाएको थियो ।
पहिलो इनिङमा भारतका लागि केएल राहुलले १०१ रनको शतकीय पारी खेल्दा विराट कोहलीले ३८ रन बनाए । त्यसबाहेक अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गरेनन् । दक्षिण अफ्रिकाका कागिसो रबाडाले पाँच तथा नान्द्रे बर्गरले तीन विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिकाले १०८.४ ओभर खेल्दै ४०८ रन बनायो। उसका लागि डिन इलगारले १८५ रनको शतकीय पारी खेल्दा मार्को जेसनले ८४ र डेभिड बेडिन्घमले ५६ रनको अर्धशतकीय पारी खेले ।

भारतका जसप्रित बुमराहले चार तथा मोहम्मद सिराजले दुई विकेट लिए । त्यसैगरी, १६३ रनको पछि परेको अवस्थामा दोस्रो इनिङ थालेको भारतले मात्र १३१ रन मात्र बनाउन सक्यो । उसका लागि विराट कोहलीले ७६ र शुभमन गिलले २६ रन बनाए भने अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।


प्रकाशित मिति: १३ पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?