Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्टमा भारतको लज्जास्पद हार


काठमाडौं। दक्षिण अफ्रिकाविरुद्धको दुई खेलको टेस्ट सिरिजको पहिलो खेलमा भारतले लज्जास्पद हार व्यहोरेको छ । त्यस्तै, दक्षिण अफ्रिकाले दोस्रो इनिङमा बनाएको ४०८ रन दुई इनिङमा पनि बनाउन नसकेपछि भारत एक इनिङ र ३२ रनले पराजित भएको हो ।

दक्षिण अफ्रिकाको सेन्चुरियनस्थित सुपरस्पोर्ट्स पार्कमा टस हारेर ब्याटिङमा तानिएको भारतले पहिलो इनिङमा ६७.४ ओभरमा २४५ रन बनाएको थियो ।
पहिलो इनिङमा भारतका लागि केएल राहुलले १०१ रनको शतकीय पारी खेल्दा विराट कोहलीले ३८ रन बनाए । त्यसबाहेक अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गरेनन् । दक्षिण अफ्रिकाका कागिसो रबाडाले पाँच तथा नान्द्रे बर्गरले तीन विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिकाले १०८.४ ओभर खेल्दै ४०८ रन बनायो। उसका लागि डिन इलगारले १८५ रनको शतकीय पारी खेल्दा मार्को जेसनले ८४ र डेभिड बेडिन्घमले ५६ रनको अर्धशतकीय पारी खेले ।

भारतका जसप्रित बुमराहले चार तथा मोहम्मद सिराजले दुई विकेट लिए । त्यसैगरी, १६३ रनको पछि परेको अवस्थामा दोस्रो इनिङ थालेको भारतले मात्र १३१ रन मात्र बनाउन सक्यो । उसका लागि विराट कोहलीले ७६ र शुभमन गिलले २६ रन बनाए भने अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।


प्रकाशित मिति: १३ पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?